बाढीपीडितको राहतका लागि वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा १५ लाख सहयोग

Date:

पर्सा पोस्ट, भदौ १५ गते, वीरगञ्ज ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि वीरगञ्ज उद्योग वाणिज्य संघले १५ लाख १ हजार १०१ रुपैयाँ सहयोग गरेको छ।

संघले उक्त रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले संघले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढी तथा पहिरोका कारण नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लासमेत प्रभावित भएका छन्। विपद्का कारण जनधनमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै संघले संकटको समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको समेत सामाजिक दायित्व भएको जनाएको छ।
संघले बाढी प्रभावित परिवारका लागि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सरकारका सम्बन्धित निकाय, विभिन्न संघ–संस्था, उद्योगी–व्यवसायी तथा आम नागरिकलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ।

विगतमा समेत विभिन्न प्राकृतिक विपद् तथा सामाजिक संकटका समयमा राहत तथा सहयोग उपलब्ध गराउँदै आएको संघले आगामी दिनमा पनि मानवीय सेवाका कार्यमा निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
संघका अनुसार विपद्को समयमा सरकारको राहत तथा पुनःस्थापनासम्बन्धी प्रयासमा निजी क्षेत्रको सहभागिताले प्रभावित परिवारलाई थप राहत पुग्ने विश्वास गरिएको छ। सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आवश्यकताअनुसार आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिने संघले जनाएको छ।

चेक हस्तान्तरण कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम, निवर्तमान अध्यक्ष अनिलकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, महासचिव शिवजीप्रसाद साह, कोषाध्यक्ष अनोज रुँगटा, सचिव प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष निरज अग्रवाल, सह–सचिव अनुप अग्रवाल तथा कार्यकारी सचिव सुनिलकुमार कण्ठलगायत संघका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...