मौन , प्रेम र श्रेष्ठ कर्मले मात्रै जिवनलाई सार्थक बनाउँछ : बिमल सरार्फ

Date:

पर्सा पोस्ट, साउन ०८ गते, रक्सौल (पूर्वी चम्पारण)।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२२ ई का जोनल चेयरपर्सन, डिस्ट्रिक्ट चेयरपर्सन, सामाजिक अभियन्ता तथा भारत विकास परिषद् रक्सौलका सेवा संयोजक एवं मिडिया प्रभारी बिमल सर्राफले मौन, प्रेम, सकारात्मक सोच र श्रेष्ठ कर्म नै सफल तथा सुखी जीवनका आधार भएको बताएका छन्।
शुक्रबार सञ्चारकर्मीसँग विचार साझा गर्दै उनले, “मौन रहनुको आफ्नै आनन्द हुन्छ, किनकि भवनको जगका ढुङ्गाहरू कहिल्यै बोल्दैनन्।” भन्दै वास्तविक महानता प्रदर्शनमा होइन, कर्म र चरित्रमा देखिने उल्लेख गरे।

सर्राफले संसारको अशान्तिले मन विचलित बनाउँदा बाहिरी संसारभन्दा आफ्नै अन्तरआत्माको यात्रामा केन्द्रित हुनुपर्ने बताए। उनका अनुसार मानिसको सबैभन्दा ठूलो दुःख साँचो व्यक्तिलाई नबुझ्नु र गलत व्यक्तिलाई सही ठान्नु हो।

उनले व्यक्तिको चरित्र र व्यक्तित्व जीवनभन्दा पनि मूल्यवान् हुने उल्लेख गर्दै मानिस एक दिन संसारबाट बिदा भए पनि उसका विचार, व्यवहार र सत्कर्म समाजमा सधैं जीवित रहने बताए। त्यसैले केवल व्यक्ति नभई अनुकरणीय व्यक्तित्व निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

प्रेमका विषयमा बोल्दै सर्राफले प्रेम केवल सुन्ने, पढ्ने वा गाउने विषय नभई व्यवहारमा उतार्नुपर्ने भावना भएको बताए। अहंकार त्याग गरेपछि मात्र साँचो प्रेमको विकास हुने उनको भनाइ थियो।

पुस्तकको महत्त्वबारे चर्चा गर्दै उनले पुस्तकहरू आफैं मौन रहे पनि पाठकलाई सही सोच, असल आचरण र प्रभावकारी अभिव्यक्तिको मार्ग देखाउने बताए। संसार जतिसुकै आकर्षक देखिए पनि आफ्नै घरको माया, अपनत्व र शान्तिको विकल्प नहुने उनले उल्लेख गरे।

चिन्ता र तनावलाई समय तथा ऊर्जाको सबैभन्दा ठूलो नोक्सानीको रूपमा व्याख्या गर्दै उनले आफ्नो नियन्त्रणबाहिर रहेका विषयमा अनावश्यक चिन्ता नगर्न आग्रह गरे। व्यर्थको चिन्ताले समस्या समाधान नगर्ने, बरु मानसिक अशान्ति बढाउने उनको भनाइ थियो।

सर्राफले वास्तवमा जीवनमा समस्या भन्दा पनि परिस्थितिहरू हुने र ती परिस्थितिलाई हेर्ने दृष्टिकोणले नै व्यक्तिको जीवनको दिशा र दशा निर्धारण गर्ने बताए। सत्य बोल्नुपर्ने बेला मौन बस्ने व्यक्ति कहिलेकाहीँ विरोधीसमेत नबनाउने भए पनि त्यसले समाजप्रतिको जिम्मेवारी पूरा नहुने उनको धारणा थियो।

अन्त्यमा उनले श्रेष्ठ कर्मको अभावले दुःख, श्रेष्ठ कर्मको प्रभावले सुख तथा खराब स्वभावले अशान्ति जन्माउने उल्लेख गर्दै जीवन केवल बिताउनका लागि नभई समाजमा सकारात्मक योगदान दिँदै अर्थपूर्ण रूपमा बाँच्नका लागि प्राप्त भएको बताए।

उनले सबैलाई सकारात्मक सोच, असल आचरण र मानवीय सेवाको भावनासहित अघि बढ्न आग्रह गर्दै “मस्त रहौँ, आनन्दित रहौँ र आफ्ना श्रेष्ठ व्यक्तित्वमार्फत समाजमा सकारात्मक पहिचान स्थापित गरौँ।” भन्ने सन्देश दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...