बिपिसीद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भब्य स्वागत तथा अभिमुखीकरण

Date:

पर्सा पोस्ट, साउन ०७ गते, वीरगञ्ज ।
बिरगञ्ज पब्लिक कलेज (बीपीसी)ले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै स्वागत तथा अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। वीरगञ्जस्थित होटल भिस्वामा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कलेजका कार्यकारी निर्देशक युगल किशोर प्रसाद शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले गुणस्तरीय शिक्षा, अनुशासन, नेतृत्व क्षमता तथा व्यवहारिक सीपको विकासले विद्यार्थीलाई प्रतिस्पर्धात्मक युगमा सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले विद्यालय तथा कलेज जीवनमै असल चरित्र, सकारात्मक सोच र जिम्मेवारीबोधको विकास गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेपाल युवा उद्यमी मञ्च (NYEF) वीरगञ्ज च्याप्टरका अध्यक्ष चन्दन सिंह, कलेजका संस्थापक डा. दीपक शाक्य, ब्रान्ड एम्बासडर देवेश गुप्ता, शैक्षिक निर्देशक डा. बिनय ठाकुर, प्राचार्य डा. बासु कर्ण, सहायक क्याम्पस प्रमुख डा. अर्बिन्द श्रेष्ठ तथा क्याम्पस संयोजक इन्जिनियर जयकिशन साहनीले नवप्रवेशी विद्यार्थीलाई सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गर्दै अध्ययनसँगै नेतृत्व विकास, चरित्र निर्माण, अनुसन्धानमुखी सोच र व्यवहारिक सीप अभिवृद्धिमा ध्यान दिन आग्रह गर्नुभयो।

अभिमुखीकरण कार्यक्रममा कलेजको शैक्षिक प्रणाली, पठनपाठन विधि, अतिरिक्त क्रियाकलाप, विद्यार्थी क्लब, छात्रवृत्ति, अनुशासन नीति तथा आगामी शैक्षिक योजनाबारे विस्तृत जानकारी गराइएको थियो। साथै विद्यार्थीलाई कलेजले उपलब्ध गराउने शैक्षिक तथा व्यक्तिगत विकासका अवसरबारे समेत अवगत गराइएको थियो।

कार्यक्रममा सहभागी अभिभावकहरूले बीपीसीले विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै सञ्चालन गर्दै आएका कार्यक्रमहरूको प्रशंसा गरेका थिए। नवप्रवेशी विद्यार्थीहरूले पनि कलेज परिवारको आत्मीय स्वागतबाट आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका थिए।

कार्यक्रमको समापन गर्दै कार्यकारी निर्देशक शाहले बीपीसीले उत्कृष्ट नतिजासँगै दक्ष, जिम्मेवार र समाजप्रति उत्तरदायी नागरिक उत्पादन गर्ने उद्देश्यका साथ गुणस्तरीय शिक्षामा निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले विद्यार्थी, अभिभावक र शिक्षकबीचको सहकार्यबाट शैक्षिक उत्कृष्टता हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रम सञ्चालन कलेजका प्रतिनिधिहरूले गरेका थिए भने अन्त्यमा नवप्रवेशी विद्यार्थीलाई औपचारिक रूपमा कलेज परिवारमा स्वागत गर्दै सफल शैक्षिक जीवनको शुभकामना व्यक्त गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...