शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

Date:

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२२ईका जोनल चेयरपर्सन, डिस्ट्रिक्ट चेयरपर्सन, समाजसेवी तथा भारत विकास परिषद् रक्सौलका सेवा संयोजक एवं मिडिया इन्चार्ज बिमल सर्राफले जीवनमा शत्रुभन्दा पनि शत्रुको मित्र र आफ्नो मित्र दुवै बनेर बस्ने व्यक्तिबाट बढी सावधान रहनुपर्ने बताएका छन्।

प्रेससँग विचार साझा गर्दै उनले मानिसको व्यवहार र स्वभाव उसले जीवनमा भोगेका अनुभव, संघर्ष र पीडाले निर्माण गर्ने भएकाले कसैको व्यवहारलाई सतही रूपमा मूल्याङ्कन गर्न नहुने बताए। उनका अनुसार धोका दिने व्यक्तिको मनमा नै सबैभन्दा बढी डर र असुरक्षा लुकेको हुन्छ भने प्रेम बाँड्ने व्यक्तिले आफैंले गहिरो पीडा भोगेकै कारण अरूलाई माया र अपनत्व दिन चाहन्छ।

सर्राफले अरूलाई खराब प्रमाणित गरेर आफू राम्रो बन्न खोज्ने प्रवृत्तिले समाजमा विभाजन र द्वेष बढाउने उल्लेख गर्दै मानिसलाई अरूको आलोचनाभन्दा आत्मसुधारमा केन्द्रित हुन आग्रह गरे। “हरेक आत्मा आफ्नै अनुभव र यात्रामा छ, त्यसैले मानिसलाई राम्रो वा नराम्रो भनेर निर्णय गर्नुभन्दा उसको परिस्थितिलाई बुझ्ने प्रयास गर्नुपर्छ,” उनले भने।
उनले शरीरका लागि भोजन जति आवश्यक हुन्छ, आत्माका लागि सद्गुण, नैतिकता र आत्मिक शक्ति त्यत्तिकै आवश्यक हुने धारणा व्यक्त गरे। ती गुण प्राप्त गर्नु सहज भए पनि त्यसलाई निरन्तर कायम राख्नु नै जीवनको सबैभन्दा ठूलो चुनौती भएको उनको भनाइ थियो।

समाजमा आपसी सद्भाव, सहिष्णुता र सम्बन्धको महत्वबारे चर्चा गर्दै सर्राफले क्षमा गर्न वा क्षमा माग्नाले विगत परिवर्तन गर्न नसके पनि भविष्यलाई अवश्य सकारात्मक दिशा दिन सक्ने बताए। प्रेमलाई बुझ्न संवेदनशील हृदय, त्यसलाई जोगाइराख्न धैर्यता र प्राप्त गर्न सौभाग्य आवश्यक पर्ने उनले उल्लेख गरे।

उनले भौतिक सम्पन्नताभन्दा मानसिक शान्ति र आत्मिक सन्तुष्टि नै वास्तविक सुखको आधार भएको धारणा राख्दै ठूलो वा सानो घरले होइन, सकारात्मक सोच र आत्मीय सम्बन्धले मानिसलाई खुसी बनाउने बताए। “मानिस बाहिरबाट आफूलाई सिंगार्न व्यस्त छ, तर भित्रको विखण्डित मनलाई सुधार्न भने कमै प्रयास गर्छ,” उनले भने।

अन्त्यमा उनले प्रत्येक जीवित प्राणीमा आफ्नो किसिमको चेतना र समझ हुने भए पनि मानिसले पाएको बुद्धिलाई मानवता, करुणा, प्रेम र सेवामा प्रयोग गर्न सके मात्र जीवन सार्थक बन्ने विश्वास व्यक्त गरे। उनले सबैलाई सकारात्मक सोच, क्षमाशीलता, आत्मअनुशासन र मानवीय सेवाको भावनासहित जीवन बिताउन आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...