बिरगंज -१६ को नवनिर्मित वडा कार्यालय भवन सुभारम्भ , नागरिकमैत्री सेवा प्रवाहमा जोड

Date:

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६, नगवास्थित वडा कार्यालयको नवनिर्मित सुविधासम्पन्न भवनको पूजा तथा शुभारम्भ कार्यक्रम सोमबार धार्मिक विधिअनुसार सम्पन्न भएको छ। वैदिक मन्त्रोच्चारणसहित पूजा–अर्चना गरी भवनको औपचारिक रूपमा उद्घाटन गरिएको हो।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने वडा नं. १६ का वडा अध्यक्ष प्रसुराम चौरसियाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा महानगरपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, स्थानीय अगुवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। उपस्थित सहभागीहरूले नयाँ वडा कार्यालय भवन सञ्चालनमा आएपछि सेवाग्राहीले सहज, छिटोछरितो, व्यवस्थित र प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयर राजेशमान सिंहले स्थानीय सरकारको प्रमुख दायित्व नागरिकलाई गुणस्तरीय, पारदर्शी र सहज सेवा उपलब्ध गराउनु रहेको बताउनुभयो। उहाँले आधुनिक पूर्वाधारसँगै प्रविधिमैत्री सेवा प्रणाली विकास गरी जनतालाई छिटो सेवा उपलब्ध गराउने महानगरको लक्ष्य रहेको उल्लेख गर्नुभयो। प्रत्येक वडामा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने उहाँको भनाइ थियो।

वडा अध्यक्ष प्रसुराम चौरसियाले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा सञ्चालन हुन थालेपछि वडावासीलाई प्रशासनिक कामकाजका लागि थप सहज हुने बताउनुभयो। उहाँले नागरिकमैत्री, उत्तरदायी तथा पारदर्शी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर वडाको समग्र विकासमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीयवासीहरूले पनि नयाँ भवन सञ्चालनसँगै सेवाग्राहीका लागि पर्याप्त प्रतीक्षालय, व्यवस्थित कार्यालय वातावरण तथा छिटो सेवा उपलब्ध हुने अपेक्षा व्यक्त गरेका छन्। उनीहरूले वडा कार्यालयको आफ्नै भवन निर्माण हुनु स्थानीय विकासका लागि महत्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिएका थिए।

धार्मिक वातावरणमा सम्पन्न कार्यक्रममा पूजा–अर्चनापछि शुभकामना आदानप्रदान गरिएको थियो। नवनिर्मित भवन सञ्चालनसँगै वडा कार्यालयबाट प्रवाह हुने प्रशासनिक सेवा थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बन्ने विश्वास व्यक्त गरिएको छ। साथै, आगामी दिनमा डिजिटल सेवा विस्तार, सामाजिक सुरक्षा वितरण, व्यक्तिगत घटना दर्ता तथा अन्य स्थानीय सरकारी सेवाहरूलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्ने अपेक्षा समेत गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...