बिरगंज – रक्सौल नाकाबाट भारत प्रवेश गर्न खोज्ने चिनियाँ नागरिक पक्राउ

Date:

पर्सा पोस्ट , जेष्ठ ०३ गते , वीरगञ्ज ।
नेपाल–भारत सीमाअन्तर्गत वीरगञ्ज–रक्सौल मितेरीपुल नाकाबाट नेपाल हुँदै भारत प्रवेश गर्न खोजेका एक चिनियाँ नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। भारतको बिहार राज्यस्थित रक्सौल प्रहरीले ती नागरिकलाई नियन्त्रणमा लिएर घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

पक्राउ पर्नेमा ५७ वर्षीय चिनियाँ नागरिक यहु सिजैङ रहेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी शनिबार नेपालबाट भारततर्फ प्रवेश गर्ने क्रममा शंकास्पद गतिविधि देखिएपछि सुरक्षा जाँचका क्रममा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार ती नागरिक अवैध रूपमा भारत प्रवेश गर्न खोजेको आशंकामा नियन्त्रणमा लिइएका हुन्। पक्राउपछि उनलाई रक्सौलस्थित हरैया थाना लगिएको छ, जहाँ भारतीय सुरक्षा तथा अनुसन्धान निकायले सोधपुछ गरिरहेका छन्।

अनुसन्धानमा संलग्न सुरक्षा अधिकारीहरूका अनुसार पक्राउ परेका चिनियाँ नागरिकको यात्रा विवरण, नेपालमा बसाइ अवधि, भारत प्रवेशको उद्देश्य तथा सम्भावित सम्पर्कबारे अनुसन्धान भइरहेको छ। घटनालाई संवेदनशील रूपमा हेर्दै भारतीय सुरक्षा निकायले विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाएको बताइएको छ।

सीमा क्षेत्रमा पछिल्लो समय सुरक्षा सतर्कता कडा बनाइएका बेला विदेशी नागरिक पक्राउ परेपछि वीरगञ्ज–रक्सौल नाकामा निगरानी थप कडा पारिएको छ। भारतीय सुरक्षा निकायले सीमा क्षेत्र हुँदै हुने आवतजावतमा विशेष निगरानी गरिरहेको जनाएको छ।

हालसम्म पक्राउ परेका चिनियाँ नागरिकको उद्देश्यबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। भारतीय सञ्चारमाध्यमहरूले घटनाबारे अनुसन्धान जारी रहेको उल्लेख गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...