अरुणाेदय लेडिज क्लबद्वारा २१ दिने नि:सुल्क मेहन्दी तालीम सम्पन्न

Date:

पर्सा पोस्ट, बैशाख ३० गते, वीरगञ्ज ।
अरुणोदय लेडिज क्लबद्वारा आयोजना गरिएको २१ दिने निःशुल्क मेहन्दी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। साना छात्राहरुलाई सीपमूलक शिक्षामार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमको समापन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।

तालिममा सहभागी छात्राहरुलाई मेहन्दी कला सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण प्रशिक्षक श्रृजना चौधरीले प्रदान गर्नुभएको थियो। उहाँले मेहन्दी कला सीपमूलक तथा स्वरोजगारमूलक पेशा भएकाले यस्ता तालिमले बालबालिकाको प्रतिभा विकाससँगै भविष्यमा आत्मनिर्भर बन्न महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो।

कार्यक्रममा क्लबकी कार्यसमिति सदस्य निलम अग्रवालले साना बालबालिकालाई सीपमूलक शिक्षासँग जोड्दै आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा सीप विकाससम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो।

समापन कार्यक्रममा सहभागी छात्राहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा क्लबकी संगीता सरावगी, सोनी रौनियार, संगीता रुँगटा, सुनिता अग्रवाल, पुनम चाचान तथा सिनियर सदस्य पुष्पा चमरिया लगायतले यस्ता तालिमले बालबालिकाको रचनात्मक क्षमता अभिवृद्धि गर्नुका साथै आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा अभिभावक तथा स्थानीयवासीको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...