क्यान्सरसङ्गको संघर्षलाई प्रेरणामा रुपान्तरण गर्दै ‘ A Cancer Aurvivor Memoir’ लोकार्पण

Date:

पर्सा पोस्ट, बैशाख २४ गते, वीरगञ्ज ।
क्यान्सर रोगसँग संघर्ष गर्दै जीवनका अनेक उतारचढाव, पीडा, आशा र आत्मबलका अनुभूतिलाई समेटेर तयार पारिएको संस्मरणात्मक पुस्तक “क्यान्सरसँगका मेरा अनुभूति : A Cancer Survivor Memoir” को लोकार्पण समारोह बिहीबार वीरगञ्जस्थित वीरगञ्ज पब्लिक कलेज को सभाहलमा सम्पन्न भएको छ।

लेखक सङ्कर श्रेष्ठद्वारा लिखित उक्त पुस्तकको लोकार्पण कार्यक्रममा कलेजका संस्थापक अध्यक्ष तथा मधेश विश्वविद्यालय का उपकुलपति डा. दिपक शाक्य, डा. अर्बिन्द श्रेष्ठ, हरि रत्न तुलाधर, बिनय श्रेष्ठ लगायतको विशेष उपस्थिति रहेको थियो।

वीरगञ्ज पब्लिक कलेजका पूर्व कोअर्डिनेटर समेत रहेका लेखक सङ्कर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उनले क्यान्सरसँगको आफ्नो संघर्षपूर्ण यात्रा, उपचारका क्रममा भोगेका पीडा, मानसिक तनाव तथा पुनः जीवनप्रतिको आशाबारे भावुक शैलीमा अनुभव सुनाएका थिए। उनले क्यान्सरलाई केवल रोगको रूपमा नभई जीवनलाई गहिरो रूपमा बुझ्ने अवसरका रूपमा आफूले अनुभव गरेको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति डा. दिपक शाक्यले सङ्कर श्रेष्ठको पुस्तक व्यक्तिगत संस्मरण मात्र नभई सम्पूर्ण समाजका लागि प्रेरणादायी दस्तावेज भएको धारणा राखे। कठिन परिस्थितिमा पनि आत्मबल, धैर्यता र सकारात्मक सोचका साथ जीवन अघि बढाउन सकिने सन्देश पुस्तकले दिएको उल्लेख गर्दै उनले क्यान्सरजस्ता गम्भीर रोगविरुद्ध जनचेतना फैलाउन यस्ता कृतिहरू प्रभावकारी हुने बताए।

उनले पुस्तक बिक्रीबाट संकलित रकम क्यान्सर पीडितहरूको सहयोगमा खर्च गर्ने लेखकको निर्णयलाई मानवीय तथा उदाहरणीय कार्यको रूपमा प्रशंसा गरे।
कार्यक्रमका सञ्चालक तथा कलेजका सहायक प्रमुख डा. अर्बिन्द श्रेष्ठ ले पुस्तकले क्यान्सर पीडितहरूलाई मानसिक रूपमा सशक्त बनाउन तथा जीवनप्रति सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

यस अवसरमा लेखककी श्रीमती कबिता श्रेष्ठ ले स्वागत मन्तव्य राख्दै कठिन परिस्थितिमा परिवारको साथ, आत्मीयता र सकारात्मक सोचको महत्वबारे चर्चा गरेकी थिइन्।

समारोहमा क्यान्सर पीडितहरू मन्जरी श्रेष्ठ, कबिता मथेमा तथा आसा दिदि लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले पुस्तकले क्यान्सरसम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै रोगसँग संघर्ष गरिरहेका व्यक्तिहरूलाई मानसिक रूपमा बलियो बन्न प्रेरणा दिने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा शिक्षक बासु कर्ण, बिपिएस कलेजका डाइरेक्टर दिपक पटेल, सन्दिप कुश्वाहा, मानवसेवा आश्रम वीरगञ्जका संस्थापक सदस्य तथा वीरगञ्ज पब्लिक कलेजका ब्रान्ड एम्बेसडर देवेश गुप्ता लगायत विभिन्न कलेजका शिक्षक, बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सो अवसरमा वीरगञ्ज पब्लिक कलेजले लेखक सङ्कर श्रेष्ठलाई सम्मानपत्र तथा खादा ओढाएर सम्मान गरेको थियो।

कार्यक्रममा पुस्तकको मूल्य ४ सय रुपैयाँ निर्धारण गरिएको जानकारी दिइएको थियो। साथै पुस्तक बिक्रीबाट संकलित रकम क्यान्सर पीडितहरूको सहयोगका लागि खर्च गरिने लेखकले बताएका छन्।

लामो समयदेखि स्थानीय सञ्चारमाध्यम प्रतीक दैनिक मा स्तम्भकारका रूपमा सक्रिय रहेका लेखक सङ्कर श्रेष्ठले उक्त पुस्तकमार्फत क्यान्सर उपचारको कठिन यात्रा, परिवारको साथ, आत्मविश्वास तथा जीवनप्रतिको सकारात्मक दृष्टिकोणलाई मार्मिक ढंगले प्रस्तुत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...