सरकारी कार्यालयको बोर्डमा मोबिल छर्कने दुई जना पक्राउ

Date:

पर्सा पोस्ट, बैशाख २१ गते, वीरगञ्ज ।
जिल्ला प्रहरी कार्यालय पर्साले सरकारी कार्यालयको बोर्डमा मोबिल छर्की फरार भएका दुई जनालाई पक्राउ गरेको छ।

वीरगञ्ज महानगरपालिका वडा नं. २३ स्थित पूर्वाधार विकास कार्यालय पर्साको प्राङ्गणमा विकास योजनासम्बन्धी विषयमा कर्मचारी राम प्रवेश यादवसँग भएको विवादपछि आरोपीहरूले आक्रोशित हुँदै कार्यालयको साइनबोर्डमा मोबिल छर्केका थिए। घटनापछि उनीहरू फरार भएका थिए।
<span;>कार्यालय प्रमुखले दिउँसो करिब २:३० बजे वडा प्रहरी कार्यालय श्रीपुरमा टेलिफोनमार्फत घटनाबारे जानकारी गराएलगत्तै प्रहरी टोली खटिएको थियो। प्रहरीले तत्कालै अनुसन्धान तीव्र बनाउँदै घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. ११ बस्ने ३३ वर्षीय जयपुजन ठाकुर लोहार र वडा नं. १३ राधेमाई निवासी ३० वर्षीय मनमोहन पाण्डे रहेका छन्।

प्रहरीका अनुसार घटनामा संलग्न दुवै जनामाथि थप अनुसन्धान जारी रहेको छ।

प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले घटनाको विस्तृत विवरण संकलन भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइने जानकारी दिएका छन्।

यस घटनाले सरकारी कार्यालयको सुरक्षामा प्रश्न उठाएको छ भने सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने कार्यप्रति कडा कारबाही आवश्यक रहेको सरोकारवालाहरूको भनाइ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...