शल्यक्रियापछि गर्भवतीको मृत्यु, नवजात शिशु सुरक्षित – एम्बुलेन्स अभावले परिवार थप पीडित

Date:

पर्सा पोस्ट, बैशाख २१ गते, बिरगंज ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा जगरनाथपुर गाउँपालिकाकी एक दलित परिवारकी गर्भवती महिलाको शल्यक्रियापछि दुःखद निधन भएको छ। गएराति गरिएको शल्यक्रियामार्फत चिकित्सक टोलीले शिशुलाई सुरक्षित जन्म गराउन सफल भए पनि आमाको ज्यान जोगाउन भने सकेनन्।

मृतकका यसअघि नै तीन छोरी रहेका थिए भने नवजात शिशुसहित उनका चार सन्तान भएका छन्। परिवारका सदस्यका अनुसार आमा र शिशु दुवैको स्वास्थ्य जटिल बनेपछि आकस्मिक रूपमा शल्यक्रिया गर्नुपरेको थियो।

घटनापछि थप पीडा भने शव व्यवस्थापनका क्रममा देखिएको छ। मृतकको शव गाउँसम्म लैजान एम्बुलेन्स आवश्यक परे पनि चालकले शव बोक्न नमिल्ने भन्दै अस्वीकार गरेको परिवारले जनाएको छ। यसले गर्दा आर्थिक रूपमा कमजोर परिवार झन् समस्यामा परेको छ।

एम्बुलेन्स भाडादेखि लिएर अन्त्येष्टि खर्च जुटाउन कठिनाइ भएपछि स्थानीय युवा नेता बृजेश्वर चौधरीले रु. ५ हजार आर्थिक सहयोग प्रदान गरेका छन्। स्थानीयले यस्ता अवस्थामा विपन्न परिवारलाई तत्काल सहयोग पुग्ने व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, स्वास्थ्य सेवाको गुणस्तर सुधार, आपतकालीन सेवामा सहज पहुँच तथा शव व्यवस्थापनसम्बन्धी स्पष्ट व्यवस्था गर्न आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...