ग्रिनसिटिको पहलमा बिरगंजमा वृहत सरसफाइ , हराभरा नगर निर्माण अभियान तीव्र

Date:

पर्सा पोस्ट , बैशाख २१ गते , बिरगंज ।
ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, वीरगञ्ज महानगरपालिका र गौतम माध्यमिक विद्यालयको संयुक्त आयोजनामा वीरगञ्जस्थित नारायणी रंगशाला जाने सडक खण्डमा वृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ अन्तर्गत पर्ने उक्त क्षेत्रमा आयोजित सरसफाइ कार्यक्रम ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा गौतम माध्यमिक विद्यालयका प्रिन्सिपल गणेश क्षेत्री, शिक्षकहरू रमेश शर्मा, ललित कर्ण, सौराज प्रधान लगायत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको विशेष उपस्थिति रहेको कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।

यसैगरी कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका पदाधिकारीहरू, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युबराज कटवाल, सशस्त्र प्रहरी बल १३ गणका डीएसपी मोहन निरौला, जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्की, नगर प्रहरी प्रमुख हरि भुसाल तथा नगर प्रहरीका जवानहरूको सक्रिय सहभागिता रहेको थियो।

सरसफाइ कार्यक्रममार्फत नारायणी रंगशाला आसपासको सडक क्षेत्र सफा गरिएको छ भने सहभागीहरूले वातावरणीय स्वच्छता कायम राख्न यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले विगतदेखि नै नगरलाई हराभरा र स्वच्छ बनाउने उद्देश्यसहित विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। केन्द्रले जथाभावी फोहोर फालिने स्थानहरूमा नियमित सरसफाइ गर्ने, नाला जाम हुँदा त्यहाँ जम्मा भएको कचरा व्यवस्थापन गर्ने जस्ता कामलाई प्राथमिकतामा राखेको छ।

त्यसैगरी सिमानाका क्षेत्र, बाइपास रोड, रेलबे रोड, ड्राईपोर्ट, आईसिपी रोड लगायत नगरका विभिन्न स्थानहरूमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

केन्द्रले सरसफाइसँगै ट्राफिक जनचेतनामूलक कार्यक्रम, विपद् व्यवस्थापन सम्बन्धी डेमो अभ्यास, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन तथा रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले समय–समयमा रक्तदान कार्यक्रमसमेत आयोजना गर्दै आएको छ।

यस प्रकारका बहुआयामिक गतिविधिहरूले ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरलाई वीरगञ्जको सामाजिक रूपान्तरणमा सक्रिय र उदाहरणीय संस्थाको रूपमा स्थापित गर्दै लगेको देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...