बिरगंजमा ४५० विद्यार्थीलाई नि:सुल्क आँखा परिक्षण सेवा, लायन्सकर्मीबाट सम्मान समेत

Date:

पर्सा पोस्ट, चैत ०६ गते, वीरगञ्ज ।
वीरगञ्जस्थित हरी खेतान बहुमुखी क्याम्पसमा अध्ययनरत करिब ४ सय ५० जना विद्यार्थीहरूको निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा प्रदान गरिएको छ। विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त शिविर सिद्धी आँखा उपचार केन्द्र, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त पहलमा सम्पन्न भएको हो।

शिविरमा सहभागी विद्यार्थीहरूको आँखाको विस्तृत परीक्षण, आवश्यक परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको आयोजकले जनाएको छ। बढ्दो डिजिटल प्रयोग र जीवनशैलीका कारण युवापुस्तामा देखिने आँखासम्बन्धी समस्यालाई समयमै पहिचान गरी उपचार गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि रामऔतार खेतानले यस्ता स्वास्थ्य शिविरले विद्यार्थीहरूको अध्ययनमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै आगामी दिनमा समेत यस्ता सामाजिक कार्यलाई निरन्तरता दिनुपर्ने बताए। कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले गरेका थिए।

शिविरमा डा. आदित्य प्रसाद, डा. बिपिसा श्रेष्ठ लगायतका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए। साथै डा. निरज सिंह, प्रहरी नायब निरीक्षक दिपेन्द्र टमटा, समाजसेवी तथा नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसैबीच, लायन्स क्लब काठमाडौं बाट आएका लायन्सकर्मीहरूले कार्यक्रममा विशेष योगदान पुर्‍याउने रामऔतार खेतान, डा. निरज सिंह, दिपेन्द्र टमटा र जय प्रकाश खेतानलाई पिन प्रदान गरी सम्मान गरेका थिए।

आयोजक संस्थाहरूले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । देशको प्रवेशद्वार तथा...

रबि लामिछानेविरुद्धको संगठित अपराध अभियोग खारेज , सहकारी ठगी मुद्दा यथावत्

पर्सा पोस्ट , जेष्ठ २६ गते , वीरगञ्ज । पर्सा...