नगवामा महिलासँग रुङ्टाको प्रत्यक्ष संवाद : ” म काम गरेर देखाउँछु “

Date:

पर्सा पोस्ट, फागुन १३ गते, बिरगंज।
अनिल रुङटाले नगवाको समग्र विकासलाई उच्च प्राथमिकतामा राख्दै स्थानीय महिला तथा युवासँग प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न गरेका छन्। वीरगञ्ज महानगरपालिका–१६स्थित नगवामा आयोजित उक्त कार्यक्रम बुथ उपसभापति सावित्री देवीको अध्यक्षतामा सम्पन्न भएको हो।

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ अन्तर्गत सञ्चालन भइरहेको चुनावी अभियानका क्रममा आयोजित कार्यक्रममा नगवाका महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी महिलाहरूले खुला रूपमा आफ्ना समस्या, गुनासा र सुझावहरू राख्दै विकासका विषयमा स्पष्ट धारणा व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रुङटाले महिलाहरूलाई आत्मीय सम्बोधन गर्दै भने, “तपाईंहरू मलाई आफ्नो छोरा, भाइ, दाइ, भतिजो सम्झिनुहोस्। कुनै पनि समस्या वा आवश्यक परेमा निर्धक्कसँग मसँग साझा गर्नुहोस्। म सकेसम्म तपाईंहरूको हरेक समस्याको समाधानका लागि प्रतिबद्ध रहनेछु।”

उनले विकास कार्यमा स्थानीयवासीको प्रत्यक्ष सहभागिता अपरिहार्य हुने उल्लेख गर्दै नगवामा अघि बढाइने हरेक योजना समुदायको सहकार्यमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे। “नगवाको विकास स्थानीय दिदीबहिनी तथा दाजुभाइहरूको सुझाव र सहभागिताबिना सम्भव छैन,” उनले स्पष्ट पारे।

महिलाहरूको गुनासो : अधुरा योजना र जलडुबान समस्या
भेटघाटका क्रममा नगवाका महिलाहरूले विगतमा निर्वाचित प्रतिनिधिहरूप्रति असन्तुष्टि जनाएका थिए। उनीहरूले पटक–पटक विश्वासका साथ मत दिएर पठाउँदा पनि अपेक्षाअनुसार ठोस विकास हुन नसकेको बताएका छन्। विशेषगरी पोखरी निर्माण, वर्षायाममा हुने जलडुबान नियन्त्रण, ढल व्यवस्थापन तथा आधारभूत पूर्वाधार विकासमा प्रभावकारी पहल नभएको गुनासो गरेका थिए।

केही दिनअघि स्थानीय युवाहरूले समेत विकासभन्दा बढी देखावटी गतिविधिमा जोड दिएको भन्दै एमाले उम्मेदवारप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूको भनाइमा नगवाको दीर्घकालीन समस्या समाधानका लागि व्यवहारिक र परिणाममुखी योजना आवश्यक छ।

“बोल्ने होइन, गरेर देखाउने” प्रतिबद्धता
गुनासाहरूको जवाफ दिँदै रुङटाले विगतमा अधुरा रहेका कामहरूलाई प्राथमिकताका साथ अघि बढाउने आश्वासन दिए।

“म धेरै बोल्ने मान्छे होइन, म काम गरेर देखाउँछु। मेरो सबैभन्दा ठूलो शक्ति तपाईंहरू नै हुनुहुन्छ,” उनले भने।
उनका अनुसार नगवाको दिगो, समावेशी र सहभागितामूलक विकास नै आफ्नो मुख्य एजेन्डा हो। स्थानीय तहको विकास, सडक तथा नाला निर्माण, जलनिकास व्यवस्थापन र महिला सशक्तीकरण कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिने उनले बताएका छन्।

कार्यक्रमको अन्त्यमा उपस्थित महिलाहरूले एकजुट भई रुङटालाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूले यसपटक विकास र परिवर्तनका लागि संगठित भएर अघि बढ्ने अठोट व्यक्त गरे।

नगवामा बढ्दो जनसहभागिता र प्रत्यक्ष संवादले चुनावी माहोल थप सक्रिय बन्दै गएको देखिएको छ। स्थानीय मुद्दालाई केन्द्रमा राख्दै सञ्चालन भइरहेको घरदैलो तथा भेटघाट अभियानले आगामी निर्वाचनलाई थप प्रतिस्पर्धी बनाउने संकेत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...