देखिने र महसुस हुने विकासमा जोड: सरार्फको घरदैलो अभियान तीब्र

Date:

पर्सा पोस्ट , फागुन ०५ गते , बिरगंज । पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्। जनमत पार्टीका तर्फबाट उनले वीरगञ्ज महानगरपालिका वडा नं. १५ भिस्वा र वडा नं. २३ सबैठवामा सन्ध्याकालीन चुनावी सभा तथा भेटघाट कार्यक्रम सम्पन्न गरे।

घरदैलोका क्रममा स्थानीय बासिन्दाले सडकको दयनीय अवस्था, ढल निकासको अभाव, खानेपानी समस्या र सरसफाइ व्यवस्थापन कमजोर रहेको गुनासो गरेका थिए। वर्षायाममा सडक हिलाम्मे हुने, पानी जम्ने र दुर्गन्ध फैलिने समस्याले दैनिकी कष्टकर बनेको उनीहरूको भनाइ थियो।
वडा नं. २३ का बासिन्दाले कच्ची सडक, सडकबत्ती अभाव, स्वास्थ्य सेवामा पहुँच कमी तथा युवालाई रोजगारी नहुँदा समस्या बढेको बताएका छन्। स्थानीयहरूले आधारभूत पूर्वाधार, सुरक्षित सडक, नियमित सरसफाइ र स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राख्न माग गरेका थिए।

स्थानीयको गुनासो सुनेपछि उम्मेदवार सरार्फले आफू निर्वाचित भए जनताको विश्वासको कदर गर्दै “देखिने र महसुस हुने विकास” मा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे। उनले सडक, ढल, खानेपानी, सरसफाइ र स्वास्थ्य सेवा सुधारलाई पहिलो प्राथमिकता बनाउने तथा स्थानीयस्तरमै रोजगारी सिर्जना, युवा उद्यमशीलता प्रवर्द्धन र साना–मध्यम व्यवसायलाई सहयोग गर्ने योजना अघि सारे।

कार्यक्रममा युवा, महिला तथा ज्येष्ठ नागरिकको उल्लेखनीय सहभागिता देखिएको थियो। जनमत पार्टीका नेता–कार्यकर्ताको सक्रिय उपस्थितिमा सम्पन्न कार्यक्रमसँगै क्षेत्रको चुनावी माहोल थप तातेको बताइएको छ।

“जनताको विश्वास, विकासको आधार” नारासहित सरार्फले आगामी दिनमा अन्य वडामा पनि घरदैलो अभियान निरन्तर सञ्चालन गर्ने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...