पटेल नगरमा सरार्फको घरदैलो , महिलाहरुको उत्साहजनक समर्थन

Date:

पर्सा पोस्ट , फागुन ०६ गते , बिरगंज । जनमत पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले बुधबार वीरगञ्ज महानगरपालिका वडा नम्बर–२१ पटेलनगरमा व्यापक घरदैलो तथा भेटघाट कार्यक्रम सञ्चालन गरेका छन्।

घरदैलो अभियानका क्रममा सरार्फले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको दैनिक जीवनसँग जोडिएका समस्या, आवश्यकताहरू तथा अपेक्षाबारे जानकारी लिएका थिए। कार्यक्रममा विशेषगरी स्थानीय महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

स्थानीय महिलाहरूले सरार्फलाई टीका, खादा र आशीर्वाद दिँदै नयाँ अनुहारलाई अवसर दिनुपर्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले मधेसका मुद्दा सशक्त रूपमा उठाउने युवा पुस्तालाई जिताउन आफूहरू सक्रिय रूपमा सहयोग गर्न तत्पर रहेको बताए।

कार्यक्रममा बोल्दै उम्मेदवार सरार्फले मधेसको पहिचान, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र आधारभूत सेवामा सुधार आफ्नो प्रमुख एजेण्डा रहेको उल्लेख गरे। उनले जनताको घरदैलोमै पुगेर समस्याको वास्तविक अवस्था बुझेर समाधानका लागि आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।

सरार्फले स्थानीय पूर्वाधार विकास, खानेपानी, सडक सुधार, नाला व्यवस्थापन तथा युवालाई सीपमूलक तालिम र रोजगारीको अवसर सिर्जना गर्न आफूले विशेष पहल गर्ने बताए। जनताको विश्वासलाई सम्मान गर्दै राजनीति सेवा र उत्तरदायित्वका साथ गर्ने उनले प्रतिवद्धता जनाए।

घरदैलो कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो। कार्यक्रमपछि स्थानीय बासिन्दाले विकास र प्रतिनिधित्वका लागि यसपटक सक्षम र जिम्मेवार नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...