डी . ए . भि.;आर .बी . केडिया स्कुलमा शंकरलाल केडिया मेमोरियल अन्तर – बिधालय फुटबल प्रतियोगिता २०२६ हुने

Date:

पर्सा पोस्ट, माघ ०१ गते, वीरगञ्ज ।
विद्यार्थीहरूमा खेल भावना, अनुशासन तथा आपसी एकता अभिवृद्धि गर्ने उद्देश्यका साथ डी.ए.भी. आर.बी. केडिया स्कूल, वीरगञ्जले चौथो संस्करणको “स्वर्गीय श्री शंकरलाल केडियाको ९०औँ जन्मजयन्तीको स्मृतिमा शंकरलाल केडिया मेमोरियल अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०२६” आयोजना गर्ने भएको छ।

विद्यालय प्रशासनका अनुसार प्रतियोगितामा वीरगञ्जका १४ वटा विद्यालय सहभागी हुनेछन्। प्रतियोगिताको उद्घाटन माघ २ गते गरिनेछ भने समापन माघ १० गते हुने तय भएको छ। प्रतियोगिता प्रत्येक दिन दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक राकेश मिश्रले जानकारी दिनुभयो।

विद्यालयले खेलकुदलाई शिक्षाको अभिन्न अंगका रूपमा लिँदै यस्ता प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। प्रतियोगितामार्फत विद्यालयस्तरमा फुटबल खेलको प्रवर्द्धन हुनुका साथै नयाँ तथा प्रतिभावान खेलाडीहरूको पहिचान र प्रोत्साहन हुने अपेक्षा गरिएको छ।

प्रधानाध्यापक मिश्रका अनुसार, “यस प्रकारका खेलकुद प्रतियोगिताले विद्यार्थीहरूलाई स्वस्थ प्रतिस्पर्धा, नेतृत्व क्षमता र अनुशासन सिकाउन मद्दत गर्छ।” उहाँले विभिन्न विद्यालयहरूको उल्लेखनीय सहभागिताले प्रतियोगितालाई थप रोमाञ्चक बनाउने विश्वास पनि व्यक्त गर्नुभयो।

विद्यालय प्रशासनले खेलप्रेमी विद्यार्थी, अभिभावक तथा खेलकुदप्रेमी सम्पूर्ण महानुभावहरूलाई प्रतियोगिता अवलोकन गरी सहभागी खेलाडीहरूको हौसला बढाउन आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...