लायन्स क्लब अफ बिरगंज सेन्ट्रल सिटिद्वारा ‘ सानो पाईला ‘ लाई न्यानो कपडा सहयोग

Date:

पर्सा पोस्ट, माघ ०१ गते, वीरगञ्ज ।
लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीको आयोजनामा सामाजिक उत्तरदायित्वअन्तर्गत न्यानो कपडा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत वीरगञ्जस्थित ‘सानो पाइला’ नामक सामाजिक संस्थालाई न्यानो कपडाहरू हस्तान्तरण गरिएको हो।

कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीकी अध्यक्ष सुशिला साहले गर्नुभएको थियो। कार्यक्रममा लायन कबिता क्षेत्री, लायन देवन्ती शाहलगायत क्लबका अन्य पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले चिसो मौसममा असहाय तथा संरक्षणको आवश्यकता भएका बालबालिका र व्यक्तिहरूलाई न्यानो कपडाको सहयोगले जीवनयापनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनहरूमा पनि समाजसेवामूलक यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो।

‘सानो पाइला’ संस्थाका प्रतिनिधिहरूले लायन्स क्लबप्रति धन्यवाद व्यक्त गर्दै प्राप्त सहयोगले संस्थामा आश्रित बालबालिका तथा सेवाग्राहीहरूलाई ठूलो राहत मिल्ने बताए। कार्यक्रमले समाजमा सहयोग, करुणा र सहकार्यको सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

एक सातामै रोकिएको तलब निकासा, कर्मचारी हर्षित : कार्यवाहक मेयर आलमप्रति बधाईको ओइरो

पर्सा पोस्ट, साउन ०२ गते, वीरगञ्ज, पर्सा । वीरगञ्ज महानगरपालिकाका...

आध्यात्मिक चेतना र सकारात्मक सोचले जिवनलाई सार्थक बनाउँछ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ ३१ गते , रक्सौल, पूर्वी...