श्री सिरडी साई बाबा मन्दिर सेवा ट्रस्टद्वारा हिन्दू पत्रकार संघ नेपाल सम्मानित

Date:

पर्सा पोस्ट , माघ ०१ गते , बिरगंज ।

श्री सिरडी साई बाबा मन्दिर सेवा ट्रस्टको आयोजनामा हिन्दू पत्रकार संघ नेपालका केन्द्रीय कार्य समितिलाई भव्य तथा सम्मानपूर्ण समारोहबीच विशेष सम्मान प्रदान गरिएको छ। धर्म, संस्कृति र पत्रकारितामार्फत समाजसेवामा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै संघलाई सम्मान गरिएको ट्रस्टले जनाएको छ।

समारोहमा संघका केन्द्रीय पदाधिकारी, सदस्यहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम ट्रस्टका संरक्षक निरज सरार्फ तथा हिन्दू पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राजन रौनियारले संयुक्त रूपमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए।

पत्रकारितालाई सामाजिक चेतना अभिवृद्धि, धार्मिक सहिष्णुता र सांस्कृतिक पहिचानको संरक्षणको प्रभावकारी माध्यम बनाउँदै आएको संघको भूमिकाको प्रशंसा गर्दै संघका अध्यक्षसहित सम्पूर्ण केन्द्रीय कार्य समिति सदस्यहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको हो।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष राजन रौनियारले आफूहरू कहिल्यै पनि आफ्नो कर्तव्य र जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट पार्दै यस्ता सम्मानले अझ बढी जिम्मेवारीबोध गराउने बताए। उनले पत्रकारिताले समाजलाई सही दिशा दिनुका साथै धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

समारोहमा उपस्थित वक्ताहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन यस्ता सम्मान कार्यक्रमहरूले पत्रकारहरूलाई थप जिम्मेवार र प्रेरित बनाउने विश्वास व्यक्त गरे।

हिन्दू पत्रकार संघ नेपालका प्रतिनिधिहरूले सम्मानप्रति श्री सिरडी साई बाबा मन्दिर सेवा ट्रस्टप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि सत्य, निष्पक्ष र समाजहितमा केन्द्रित पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

सम्मान समारोहले धर्म, संस्कृति र पत्रकारिताबीचको आपसी सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको ट्रस्टका अध्यक्ष प्रवेश सरार्फले जनाए।

कार्यक्रममा ट्रस्टका संरक्षक निरज सरार्फ, अध्यक्ष प्रवेश सरार्फ, उपाध्यक्ष संजय कुशवाहा, दीपेन्द्र श्रेष्ठ, आकाश सरार्फ तथा हिन्दु पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियार , उपाध्यक्ष बिनोद पटेल , कोषाध्यक्ष आनन्द पटेल , अभिलाष गुप्ता , लगायत ट्रस्टका सदस्य तथा संघ तथा संघका केन्द्रिय कार्य समितिका सबै सदस्यहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...