श्री शंकरलाल केडिया स्मृति अन्तर – बिधालय फुटबल प्रतियोगिता -२०८२ सुरु , पहिलो दिन दुई खेल सम्पन्न

Date:

पर्सा पोस्ट, माघ ०३ गते, बिरगंज ।
डी.ए.भी. आर.बी. केडिया स्कूल, बिरगंजद्वारा सञ्चालित “श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२” आजदेखि औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन दुईवटा प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्।

आज सम्पन्न पहिलो खेलमा साउथ जोन सेकेन्डरी स्कूल ले गौतम सेकेन्डरी स्कूल लाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। खेलमा साउथ जोन सेकेन्डरी स्कूलका ज्ञानराज चौधरी ले उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ को उपाधि प्राप्त गरेका थिए।

त्यसैगरी, दोस्रो खेलमा मेरीगोल्ड सेकेन्डरी स्कूल ले बिकन सेकेन्डरी स्कूल लाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो दाबेदारी प्रस्तुत गरेको छ। उक्त खेलमा मेरीगोल्ड सेकेन्डरी स्कूलका निखिल चौधरी उत्कृष्ट खेल प्रदर्शनका कारण ‘म्यान अफ द म्याच’ घोषित भएका हुन्।

प्रतियोगिताबारे जानकारी दिँदै डी.ए.भी. आर.बी. केडिया स्कूलका प्रिन्सिपल राकेश मिश्राले विद्यालयस्तरमा खेलकुदको विकास, अनुशासन, सहकार्य तथा आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँले आगामी दिनहरूमा अझ रोचक र प्रतिस्पर्धात्मक खेलहरू दर्शकहरूले हेर्न पाउने विश्वास व्यक्त गर्नुभयो।

उक्त प्रतियोगितामा बिरगंजका १४ वटा विद्यालयहरूको सहभागिता रहेको छ भने पहिलो दिनदेखि नै खेलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...