१० औं राष्ट्रिय खेलकुदको लागि मधेस प्रदेशमा खेलाडी दर्ता प्रक्रिया सुरु हुने

Date:

पर्सा पोस्ट, पौष २९ गते, बिरगंज ।
मधेश प्रदेशको खेलकुद विकासलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजना हुन गइरहेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेश प्रदेशअन्तर्गतका खेलाडीहरूको नयाँ दर्ता प्रक्रिया सुरु हुने भएको छ।

खेलकुद तथा समाज कल्याण मन्त्री माननीय ई. बसन्त कुमार कुशवाहाको अध्यक्षतामा मिति २०८२ साल पौष २८ गते बसेको मधेश खेलकुद परिषद्को तेस्रो बोर्ड बैठकको निर्णयअनुसार खेलाडी दर्ता प्रक्रिया अघि बढाइएको हो।

मधेश खेलकुद परिषद् पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक कुमार साह कानुद्वारा जारी सूचनाअनुसार, मिति २०८२ साल पौष ३० गतेदेखि माघ १० गतेसम्म १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नयाँ खेलाडी दर्ता फाराम संकलन गरिनेछ।

“खेली मधेश, जिती मधेश” भन्ने मूल नारालाई आत्मसात गर्दै सञ्चालन हुने दर्ता प्रक्रियामार्फत प्रदेशस्तरबाट उत्कृष्ट खेलाडी छनोट गर्ने लक्ष्य राखिएको छ। यस अभियानले मधेश प्रदेशका उदाउँदा तथा प्रतिभावान खेलाडीहरूलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ।
मधेश खेलकुद परिषद्, जनकपुरधामले सबै जिल्ला खेलकुद विकास समिति, खेल संघ–संस्था तथा सम्बन्धित निकायलाई आ–आफ्नो क्षेत्रबाट योग्य खेलाडीहरूको दर्ता प्रक्रिया तोकिएको समयभित्र सम्पन्न गर्न अनुरोध गरेको छ।

खेलकुद क्षेत्रको संस्थागत विकास, खेलाडीको पहिचान तथा प्रदेशको गौरव अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको यस अभियानले मधेश प्रदेशको खेलकुद यात्रामा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...