१० औं राष्ट्रिय खेलकुदको लागि मधेस प्रदेशमा खेलाडी दर्ता प्रक्रिया सुरु हुने

Date:

पर्सा पोस्ट, पौष २९ गते, बिरगंज ।
मधेश प्रदेशको खेलकुद विकासलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजना हुन गइरहेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेश प्रदेशअन्तर्गतका खेलाडीहरूको नयाँ दर्ता प्रक्रिया सुरु हुने भएको छ।

खेलकुद तथा समाज कल्याण मन्त्री माननीय ई. बसन्त कुमार कुशवाहाको अध्यक्षतामा मिति २०८२ साल पौष २८ गते बसेको मधेश खेलकुद परिषद्को तेस्रो बोर्ड बैठकको निर्णयअनुसार खेलाडी दर्ता प्रक्रिया अघि बढाइएको हो।

मधेश खेलकुद परिषद् पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक कुमार साह कानुद्वारा जारी सूचनाअनुसार, मिति २०८२ साल पौष ३० गतेदेखि माघ १० गतेसम्म १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नयाँ खेलाडी दर्ता फाराम संकलन गरिनेछ।

“खेली मधेश, जिती मधेश” भन्ने मूल नारालाई आत्मसात गर्दै सञ्चालन हुने दर्ता प्रक्रियामार्फत प्रदेशस्तरबाट उत्कृष्ट खेलाडी छनोट गर्ने लक्ष्य राखिएको छ। यस अभियानले मधेश प्रदेशका उदाउँदा तथा प्रतिभावान खेलाडीहरूलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ।
मधेश खेलकुद परिषद्, जनकपुरधामले सबै जिल्ला खेलकुद विकास समिति, खेल संघ–संस्था तथा सम्बन्धित निकायलाई आ–आफ्नो क्षेत्रबाट योग्य खेलाडीहरूको दर्ता प्रक्रिया तोकिएको समयभित्र सम्पन्न गर्न अनुरोध गरेको छ।

खेलकुद क्षेत्रको संस्थागत विकास, खेलाडीको पहिचान तथा प्रदेशको गौरव अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको यस अभियानले मधेश प्रदेशको खेलकुद यात्रामा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा योग आत्मचेतनाको महत्वबारे बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , असार ३ गते, रक्सौल, पूर्वी चम्पारण...

एक सातामै रोकिएको तलब निकासा, कर्मचारी हर्षित : कार्यवाहक मेयर आलमप्रति बधाईको ओइरो

पर्सा पोस्ट, साउन ०२ गते, वीरगञ्ज, पर्सा । वीरगञ्ज महानगरपालिकाका...