जिराभवानी -१ गम्हरीयामा १०० जना वृद्धवृद्धा तथा असहायलाई न्यानो कम्बल बितरण

Date:

पर्सा पोस्ट , पुष २९ गते , बिरगंज ।
पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नं. १ गम्हरीयामा बसोबास गर्ने वृद्ध–वृद्धा, अपाङ्ग, साधु–सन्त, एकल महिला तथा सीमान्तकृत समुदायका असहाय व्यक्तिहरूलाई चिसो मौसमको कहरबाट जोगाउन न्यानो कम्बल वितरण गरिएको छ।

सामाजिक सेवामा बलियो पहिचान बनाएका रामाकान्त अग्रवालको पूर्ण आर्थिक सहयोग तथा उपकार सेवा नेपालको सहकार्यमा १०० जना वृद्धवृद्धा तथा असहायलाई न्यानो कम्बल वितरण गरिएको हो। चिसो बढ्दै गएको यस समयमा कमजोर वर्गको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै उक्त सहयोग उपलब्ध गराइएको उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले बताउनुभयो।

उपकार सेवा नेपालले व्यवस्थापन गरेको न्यानो कम्बल हस्तान्तरण कार्यक्रममा जिराभवानी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रामशरण खवास, संस्थाकी संरक्षक पद्मा देवी सरावगी, सदस्यहरू सुमन बगेडिया, रामाकान्त अग्रवालका प्रतिनिधि रेनु सर्राफ र नेहा सर्राफ, सामाजिक अभियन्ता प्रकाश थारू, बोर्डर आउट पोस्ट महादेवपट्टीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरि चन्द्र खड्का तथा प्रहरी चौकी महादेवपट्टीका प्रमुख प्रहरी नायब निरीक्षक अवधलाल साहले संयुक्त रूपमा कम्बल हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा स्थानीय भद्रभलादमीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। अध्यक्ष सरावगीले जाडोको समयमा समाजका कमजोर वर्गलाई न्यानोपन दिनु संस्थाको कर्तव्य भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता मानवीय सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वडा अध्यक्ष खवासले यसअघि पनि उपकार सेवा नेपालले जिराभवानी गाउँपालिका वडा नं. १ मा विभिन्न महत्वपूर्ण सहयोगहरू गर्दै आएको जानकारी गराउनुभयो। उहाँका अनुसार वीरगञ्जमा आधारित उक्त संस्थाले आगलागी पीडित, विपन्न परिवार तथा मठ–मन्दिरहरूमा निरन्तर सहयोग गर्दै आएको छ। यसबाहेक, वडामा अपाङ्गता भएका चार जना व्यक्तिहरूको परिवारलाई ह्वीलचेयर समेत प्रदान गरिएको उहाँले जानकारी दिनुभयो।

सामाजिक अभियन्ता प्रकाश थारूले यस्ता मानवीय कार्यहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने बताउँदै सबैलाई सहयोगी हात फैलाउन आग्रह गर्नुभयो। चिसो बढ्दै गएको यस समयमा प्राप्त न्यानो कम्बलले अप्ठ्यारो अवस्थामा रहेका व्यक्तिहरूलाई उल्लेखनीय राहत पुग्ने विश्वास गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...