आजपाद्वारा एकैदिन दुई पार्टीसँग एकीकरण , सयौं नेता – कार्यकर्ता पार्टी प्रवेश

Date:

पर्सा पोस्ट, पुष २९ गते, बिरगंज ।
आम जनता पार्टी (आजपा) ले मंगलबार एकैदिन दुई राजनीतिक दलसँग पार्टी एकीकरण गर्दै संगठन विस्तारलाई तीव्र बनाएको छ। रामकुमार महतो नेतृत्वको नेपाल सदभावना पार्टी (नेसपा) र इमदाद गद्दी नेतृत्वको जन अधिकार पार्टी नेपालसँग आजपाले पार्टी एकता गरेको हो। एकीकरणसँगै विभिन्न पार्टीमा आबद्ध सयौं नेता, कार्यकर्ता, युवा तथा समाजसेवी आजपामा प्रवेश गरेका छन्।

धनुषाको महेन्द्रनगरमा आयोजित आजपा धनुषा क्षेत्र नं. ४ को विशेष क्षेत्रीय भेलामा ‘भ्रष्टाचारीलाई खबरदारी तथा लघुवित्त पीडितलाई न्याय दिलाउने’ संकल्पसहित कार्यक्रम सम्पन्न गर्दै आजपाले नेसपासँग पार्टी एकीकरणको औपचारिक घोषणा गरेको छ।

उक्त भेलामार्फत धनुषा मिथिला नगरपालिका निवासी रामजीवन महतो पनि आजपामा प्रवेश गरेका छन्। महतो पर्यावरण शहीद स्वर्गीय दिलीप महतोका पिता हुन्। सोही कार्यक्रममा विभिन्न पार्टीमा आबद्ध सयौं नेता, युवा तथा समाजसेवीहरूले आजपामा प्रवेश गरेका छन्। धनुषाका विभिन्न पालिकाका निर्वाचित वडा अध्यक्षहरू समेत आजपामा प्रवेश गरेको पार्टी प्रवक्ता चन्द्रभूषण साहले जानकारी दिए।

यसअघि मंगलबार बिहान वीरगंजमा आजपाले इमदाद गद्दी नेतृत्वको जन अधिकार पार्टी नेपालसँग पार्टी एकीकरण गरेको थियो। पार्टी एकतासँगै नेपाल सदभावना पार्टी र जन अधिकार पार्टीको सम्पूर्ण केन्द्रीय तथा जिल्ला कमिटी आजपामा समाहित हुने सहमति भएको छ। साथै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ‘मोबाइल’ चुनाव चिन्हबाट संयुक्त रूपमा प्रतिस्पर्धा गर्ने सहमति पनि भएको छ।

आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले दुवै पार्टीसँग एकीकरण तथा नवप्रवेशीहरूलाई स्वागत गर्दै उज्ज्वल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरे। पार्टी एकता र प्रवेशले आजपा थप सशक्त बन्दै गएको उल्लेख गर्दै उनले नवप्रवेशीहरूलाई उचित जिम्मेवारी प्रदान गरी मुलुक र जनताको हितमा प्रभावकारी रूपमा अघि बढाइने बताए।

यसअघि आजपाले जनादेश पार्टी, लघुवित्त पीडित संघर्ष समिति, सहकारी पीडितका लागि संघर्षरत समितिहरूसँग चुनावी सहमति तथा गठबन्धन गरिसकेको छ। पछिल्लो समय विभिन्न पार्टीहरूसँग एकीकरण र विभिन्न क्षेत्रका नेता, समाजसेवी, युवा तथा विद्यार्थीहरूको आजपामा प्रवेशको लहर तीव्र बन्दै गएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...