थारू माघी समारोह २०८२ बिरगंजमा भब्य रुपमा आयोजना हुने

Date:

पर्सा पोस्ट, पुष २९ गते, वीरगञ्ज ।
आदिवासी थारु समुदायको प्रमुख पर्व माघी (खिचडी) तथा थारु नयाँ वर्ष २६५० को अवसरमा वीरगञ्जमा यस वर्ष पनि थारु माघी समारोह २०८२ भव्य रूपमा आयोजना हुने भएको छ। माघी मूल समारोह समिति २०८२, पर्साको आयोजनामा माघ १ गते आदर्शनगरस्थित स्विमिङ पुल परिसरमा कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ।

समारोहको प्रमुख अतिथिका रूपमा समाजसेवी, शिक्षाप्रेमी तथा थारु कल्याणकारिणी सभाको प्रथम भेला आयोजना गर्ने व्यक्तित्वका रूपमा परिचित स्व. बलि बन्ठाका प्रतिनिधि (नाति) लक्ष्मीनारायण बन्ठा (गुजरा नगरपालिका–१, रौतहट) विशेष रूपमा सहभागी हुनेछन्। स्व. बलि बन्ठाले आदर्श थारु छात्रावास, कुमालटोल वीरगञ्जका लागि पहिलो पटक जग्गा दान गरी थारु समुदायको शिक्षा र उत्थानमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

माघी मूल समारोह समिति पर्साका संयोजक जंगबहादुर चौधरीका अनुसार समारोहको मुख्य उद्देश्य थारु समुदायको मौलिक भाषा, संस्कृति, परम्परा तथा भेषभूषाको संरक्षण र प्रवर्द्धन गर्नुका साथै सम्पूर्ण थारु समुदायबीच माघी पर्व तथा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नु रहेको छ।

कार्यक्रममा थारु समुदायका विविध सांस्कृतिक प्रस्तुति, लोकनृत्य, गीत–संगीत, खिचडी महोत्सवलगायत मौलिक कार्यक्रमहरू प्रस्तुत गरिनेछ। विगतका वर्षहरूमा जस्तै यस पटक पनि समारोहले थारु संस्कृतिको जीवन्त प्रदर्शन गर्दै समुदायको एकता र पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

थारु समुदायले माघी पर्वलाई आफ्नो नयाँ वर्षका रूपमा अत्यन्त हर्षोल्लासका साथ मनाउने परम्परा रहँदै आएको छ। यस अवसरमा वीरगञ्ज तथा आसपासका क्षेत्रबाट ठूलो संख्यामा थारु समुदायसहित अन्य समुदायका व्यक्तिहरूको समेत उल्लेखनीय सहभागिता रहने आयोजकले विश्वास व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...