तमलोपाका पूर्व जिल्ला अध्यक्ष योगेन्द्र कुर्मी रास्वपामा प्रवेश

Date:

पर्सा पोस्ट, पुष २९ गते, वीरगञ्ज ।
तमलोपा (तराई मधेश लोकतान्त्रिक पार्टी) का पूर्व पर्सा जिल्ला अध्यक्ष एवं तत्कालीन गोविन्दपुर गाविसका पूर्व अध्यक्ष योगेन्द्र प्रसाद कुर्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

आज वीरगञ्जस्थित कन्ट्री इन होटलमा आयोजित विशेष कार्यक्रममा रास्वपा पर्सा जिल्ला सभापति हरी पन्तले कुर्मीलाई पार्टी प्रवेश गराएका हुन्। कुर्मी सँगै वीरगञ्ज महानगरपालिका–१५ का जेनजी लिडर लाल बाबु कुमार यादव पनि रास्वपामा प्रवेश गरेका छन्।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति हरी पन्तले पर्सा जिल्लामा रास्वपामा प्रवेश गर्नेहरूको लहर चलेको बताउनुभयो। उहाँले यसपटक सम्पूर्ण पर्सा जिल्लाबासी एकजुट भएर ‘बालेन सरकार’ बनाउने अभियानमा लागेको उल्लेख गर्दै आगामी चुनावमा रक्सी, मासु र पैसाको प्रभाव नचल्ने दाबी गर्नुभयो।

कार्यक्रममा रास्वपा पर्सा जिल्ला सचिव सुदिश प्रजापति, क्षेत्रीय सभापतिहरू मनोज कुर्मी र जितेन्द्र मिश्र, पोखरिया नगर सभापति प्रदीप पटेल, संगठन विभागका प्रमोद रायमाझी, सोना लाल कुर्मी लगायतका नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...