तमलोपाका पूर्व जिल्ला अध्यक्ष योगेन्द्र कुर्मी रास्वपामा प्रवेश

Date:

पर्सा पोस्ट, पुष २९ गते, वीरगञ्ज ।
तमलोपा (तराई मधेश लोकतान्त्रिक पार्टी) का पूर्व पर्सा जिल्ला अध्यक्ष एवं तत्कालीन गोविन्दपुर गाविसका पूर्व अध्यक्ष योगेन्द्र प्रसाद कुर्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

आज वीरगञ्जस्थित कन्ट्री इन होटलमा आयोजित विशेष कार्यक्रममा रास्वपा पर्सा जिल्ला सभापति हरी पन्तले कुर्मीलाई पार्टी प्रवेश गराएका हुन्। कुर्मी सँगै वीरगञ्ज महानगरपालिका–१५ का जेनजी लिडर लाल बाबु कुमार यादव पनि रास्वपामा प्रवेश गरेका छन्।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति हरी पन्तले पर्सा जिल्लामा रास्वपामा प्रवेश गर्नेहरूको लहर चलेको बताउनुभयो। उहाँले यसपटक सम्पूर्ण पर्सा जिल्लाबासी एकजुट भएर ‘बालेन सरकार’ बनाउने अभियानमा लागेको उल्लेख गर्दै आगामी चुनावमा रक्सी, मासु र पैसाको प्रभाव नचल्ने दाबी गर्नुभयो।

कार्यक्रममा रास्वपा पर्सा जिल्ला सचिव सुदिश प्रजापति, क्षेत्रीय सभापतिहरू मनोज कुर्मी र जितेन्द्र मिश्र, पोखरिया नगर सभापति प्रदीप पटेल, संगठन विभागका प्रमोद रायमाझी, सोना लाल कुर्मी लगायतका नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...