स्व. गोपाल गिरि क्रियाशिल पत्रकारिता पुरस्कार गोबिन्द देवकोटालाई प्रदान गरिने

Date:

पर्सा पोस्ट , पुष २९ गते , वीरगञ्ज ।
स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका क्रियाशील पत्रकार गोविन्द देवकोटालाई प्रदान गरिने भएको छ।

पर्सा जिल्लाका पूर्वमेयर तथा नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्वअध्यक्ष स्व. गोपाल गिरीको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार पत्रकारिता क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गरिँदै आएको छ। स्व. गिरी तत्कालीन वीरगञ्ज महानगरपालिकाका मेयर रहँदा वि.सं. २०६० माघ १ गते तत्कालीन माओवादी विद्रोहीबाट हत्या भएका थिए।

तीन दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय रहनु भएका देवकोटा सामुदायिक रेडियो प्रसारक संघका वरिष्ठ उपाध्यक्ष तथा वीरगञ्जस्थित सामुदायिक रेडियो नारायणी एफएमका अध्यक्ष हुनुहुन्छ। साथै उहाँ रेसखबर अनलाइनका संस्थापक समेत रहनुभएको छ।
<span;>यसअघि सो पुरस्कारबाट पर्सा जिल्लाका विभिन्न अग्रज तथा क्रियाशील पत्रकारहरू पुरस्कृत भइसकेका छन्। तीमध्ये बृजलाल पासवान, शत्रुघन नेपाल, ध्रुव साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, विजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी, गया यादव र पंकज श्रेष्ठ रहेका छन्।

स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारले वीरगञ्ज तथा पर्सा क्षेत्रको पत्रकारिता विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान र प्रोत्साहन गर्दै आएको छ। यस वर्ष गोविन्द देवकोटालाई प्रदान गरिने उक्त पुरस्कारले स्थानीय पत्रकारिताको महत्वलाई अझ उजागर गर्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । देशको प्रवेशद्वार तथा...

रबि लामिछानेविरुद्धको संगठित अपराध अभियोग खारेज , सहकारी ठगी मुद्दा यथावत्

पर्सा पोस्ट , जेष्ठ २६ गते , वीरगञ्ज । पर्सा...