माईस्थान विद्यापिठमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न , ८० भन्दा बढी विद्यार्थी सहभागी

Date:

पर्सा पोस्ट , पौष २९ गते , बिरगंज ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालको प्रमुख आतिथ्यमा श्री माईस्थान विद्यापीठ माध्यमिक विद्यालयमा आयोजित ट्राफिक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा कक्षा १० मा अध्ययनरत ८० भन्दा बढी विद्यार्थीहरूको उल्लेखनीय तथा सक्रिय सहभागिता रहेको थियो। सचेतना कार्यक्रममार्फत विद्यार्थीहरूलाई दैनिक जीवनमा ट्राफिक प्रणालीको आवश्यकता, ट्राफिक नियमहरूको महत्व, नियम पालना किन अनिवार्य छ भन्ने विषयमा जानकारी गराइएको थियो। साथै सुरक्षित यातायात व्यवहार, पैदल यात्री, साइकल चालक तथा सवारी चालकले अपनाउनुपर्ने सावधानीहरूबारे विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रशिक्षक प्रहरी निरीक्षक युवराज कटवालले ट्राफिक नियमको पालना गरेमा मात्र सवारी दुर्घटना न्यूनीकरण सम्भव हुने उल्लेख गर्नुभयो। उहाँले सानै उमेरदेखि ट्राफिक नियमको ज्ञान र अभ्यासले जिम्मेवार तथा सचेत नागरिक निर्माण गर्न सहयोग पुग्ने बताउँदै ट्राफिक नियम पालना कानुनी बाध्यता मात्र नभई सामाजिक जिम्मेवारी समेत भएको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमको अध्यक्षता एलाइड यूथ सोसाइटीका अध्यक्ष सोनु गुप्ताले गर्नुभएको थियो। उहाँले युवापुस्तालाई ट्राफिकप्रति सचेत बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी गराउँदै आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी कार्यक्रममा एलाइड यूथ सोसाइटीका संस्थापक अध्यक्ष ओम झाको विशेष उपस्थिति रहेको थियो। उहाँले समुदाय र प्रहरीबीचको सहकार्यबाट मात्र सुरक्षित र अनुशासित समाज निर्माण सम्भव हुने बताउनुभयो।
संस्थाका समर्पित सदस्यहरूको सक्रिय सहयोगमा कार्यक्रम भव्य, अनुशासित तथा सफल रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...