वार्ड कप नकआउट क्रिक्रेट प्रतियोगिताको पहिलो खेलमा छ्पकैया बिजयी , खेलाडीहरु सम्मानित

Date:

पर्सा पोस्ट , पुष २३ गते , बिरगंज  ।
वार्ड कप नकआउट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा बिरगंज महानगरपालिका वडा नं. २ छपकैयाका क्रिकेट खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गरेका छन्। उक्त ऐतिहासिक जीतको सम्मानमा एक विशेष कार्यक्रम आयोजना गरिएको छ।

आयोजित सम्मान कार्यक्रममा बिरगंज महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष मोहम्मद रियाजले विजयी खेलाडीहरूको मनोबल उच्च राख्दै गमछा र फूलमालाद्वारा सम्मान गर्नुभएको हो। खेलाडीहरूको सफलताप्रति छपकैया बासीहरू हर्षित देखिएका थिए।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष रियाज मियाँले भन्नुभयो,
“मेरो टोलका भाइहरूले क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गरेकोमा म हृदयदेखि धन्यवाद दिन चाहन्छु। आउने दिनमा छपकैयालाई खेलकुद मार्फत संसारभर चिनाउनेछन् भन्ने मेरो विश्वास छ। यो जीत केवल खेलाडीहरूको मात्र होइन, सम्पूर्ण छपकैया बासीहरूको जीत हो। भविष्यमा अझ राम्रो प्रदर्शन गर्ने आशा र विश्वासका साथ उनीहरूको उज्ज्वल भविष्यको कामना गर्दछु।”
वडा अध्यक्षद्वारा खेलाडीहरूलाई हौसला प्रदान गरिएको देखेर स्थानीय बासीहरूले प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्। सम्मान पाउँदा आफूहरू निकै खुशी भएको खेलाडीहरूले बताएका छन्।
खेलाडीहरूका अनुसार यदि यस्तै हौसला र साथ पाइरहे, छपकैया बासीहरूलाई कहिल्यै निराश नबनाउने र छपकैयाको नाम देश मात्र होइन , विदेशसम्म चिनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रमको अन्त्यमा खेलाडीहरूले छपकैया बासी तथा वडा अध्यक्षप्रति माया, स्नेह र सम्मानका लागि धेरै–धेरै धन्यवाद दिँदै खुशी व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...