नेपाल राष्ट्रिय अभिभावक संघको २४ औं स्थापना दिवस बिरगंजमा भब्य रुपमा सम्पन्न

Date:

पर्सा पोस्ट, पौष २३ गते, वीरगञ्ज ।
नेपाल राष्ट्रिय अभिभावक संघको २४औँ स्थापना दिवस “देशभरका अभिभावक एक हौँ, गुणस्तरीय शिक्षा आम अभिभावकहरूको अपेक्षा” भन्ने मूलमन्त्रका साथ वीरगञ्जमा सभ्य एवं भव्य रूपमा मनाइएको छ।

वीरगञ्ज–४ बिर्ता बजारस्थित धर्मशालाको सभाहलमा सम्पन्न कार्यक्रम नेपाल राष्ट्रिय अभिभावक संघ पर्सा जिल्ला समिति तथा वीरगञ्ज महानगर समितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रम वीरगञ्ज महानगर समितिका अध्यक्ष हृदयमोहन लाल दासको अध्यक्षतामा तथा पूर्व प्रधानाध्यापक शत्रुघ्न गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
कार्यक्रममा शिक्षाविद् तथा समाजसेवी प्रकाश कुमार उपाध्याय, विश्वनाथ प्रसाद चौरसिया, दलित नेता अशोक राउत, नेपाल राष्ट्रिय अभिभावक संघ बारा जिल्लाका अध्यक्ष शम्भु पण्डित, रामविनोद सिंह, श्रवण बहादुर रायमाझी, लालबाबु सिंह, राजेश्वर प्रसाद कानु, धनबहादुर श्रेष्ठलगायत विशिष्ट अतिथि तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सो अवसरमा विशिष्ट अतिथि समाजसेवी उपाध्यायले नेपाल राष्ट्रिय अभिभावक संघको २४औँ स्थापना दिवसको अवसरमा सम्पूर्णलाई बधाई ज्ञापन गर्दै अभिभावकहरू आफ्ना सन्तानको शिक्षाप्रति गम्भीर र जिम्मेवार बन्न आवश्यक रहेको बताए। अभिभावक सचेत र सक्रिय भएमा सन्तानसँगै परिवार, समाज, सहर तथा देशको समग्र विकास सम्भव हुने उनले उल्लेख गरे।

प्रमुख अतिथि गिरीले अभिभावकहरू एकजुट हुन नसक्दा विद्यार्थीहरूको ज्ञान आर्जनमा कमी देखिने र त्यसको प्रत्यक्ष असर नतिजामा पर्ने गरेको बताए। त्यसैले वर्तमान समयमा अभिभावकहरूको एकता अत्यन्त आवश्यक रहेकोमा उनले जोड दिए।

कार्यक्रमको समापन गर्दै अध्यक्ष दासले शिक्षा क्षेत्रको आमूल परिवर्तन तथा विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न संघमार्फत सम्पूर्ण अभिभावकहरू गोलबन्द हुन आग्रह गरे। साथै संघको २४औँ स्थापना दिवसको अवसरमा सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे।

कार्यक्रमको सहजीकरण संघका केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश संयोजक सुरेन्द्र प्रसाद कानुले गरेका थिए भने स्वागत मन्तव्य वीरगञ्ज महानगर समितिका सचिव श्रवण बहादुर रायमाझीले राखेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...