बिरगंज महानगर पालिका भित्र दोस्रो पटक थप तीन दिन जाडो बिदा घोषणा

Date:

पर्सा पोस्ट, वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकाले अत्यधिक जाडोका कारण महानगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालय, मदरसा र कोचिङ सेन्टरहरू दोस्रो पटक थप तीन दिन जाडो बिदा दिने निर्णय गरेको छ।

महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनाअनुसार निरन्तर बढ्दै गएको चिसो तथा शीतलहरका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै २०८२ साल पुस १६ गतेदेखि १८ गतेसम्म बिदा दिने निर्णय गरिएको हो।

सूचनामा उल्लेख भएअनुसार उक्त अवधिमा वीरगञ्ज महानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय, मदरसा तथा कोचिङ सेन्टरहरू बन्द रहनेछन्। यद्यपि, पुस २० गते आइतबारदेखि महानगरको वार्षिक समय तालिका अनुसार पुनः पठनपाठन सञ्चालन हुने बिरगंज महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिनुभयो ।

त्यसै गरि महानगरपालिकाले सम्बन्धित सबै शैक्षिक संस्थाहरूलाई सूचनाको पूर्ण पालना गर्न समेत आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...