चक्रघट्टा गाउँपालिकामा नि:सुल्क मोतियाबिन्दु आँखा शिबिर सम्पन्न ,९१८ जनाले अहिलेसम्म सेवा लिए

Date:

पर्सा पोस्ट, पुष १५ गते, बिरगञ्ज ।
सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिकामा गाउँपालिकाकै पहलमा आयोजना गरिएको निःशुल्क मोतियाबिन्दु आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

२०८२ साल पुस ११ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिएको उक्त शिविरबाट कुल ९१८ जना सर्वसाधारणले निःशुल्क आँखा परीक्षण तथा औषधि सेवा प्राप्त गरेका छन्। शिविरअन्तर्गत २०९ जना मोतियाबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको सामुदायिक आँखा अस्पतालका डा. महेश सिंह धामीले जानकारी दिनुभएको छ।
शल्यक्रिया तथा ओपीडी सेवा भरतपुर आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. अमृत आचार्य तथा उहाँको टोलीद्वारा प्रदान गरिएको थियो। शिविर सञ्चालनमा प्राविधिक सहयोग नेपाल नेत्र ज्योति संघ तथा भरतपुर आँखा अस्पतालले गरेका थिए भने वित्तीय सहयोग आरयूआईटी फाउन्डेसनले उपलब्ध गराएको थियो। यस्तै, आर्थिक सहयोग चक्रघट्टा गाउँपालिका, सर्लाहीले गरेको हो। शिविरको आयोजना जनशक्ति युवा क्लबले गरेको थियो।

उक्त आँखा शिविरमा चक्रघट्टा गाउँपालिकाकी उपप्रमुख श्रीमती मीना देवी रायले समेत मोतियाबिन्दुको शल्यक्रिया गराउनुभएको थियो। उपप्रमुख रायले सर्वसाधारण नागरिकहरूसँगै एउटै शिविरमार्फत उपचार गराएर सेवा, विश्वास र समानताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएको डा. धामीले बताउनुभयो।

स्थानीय तहको सक्रियता, विभिन्न संघ–संस्थाको सहकार्य तथा चिकित्सक टोलीको समर्पणका कारण दुर्गम तथा आर्थिक रूपमा कमजोर नागरिकहरूले निःशुल्क तथा गुणस्तरीय आँखा उपचार सेवा पाएको स्थानीयवासीहरूले प्रतिक्रिया दिएका छन्। गाउँपालिकाले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...