बिद्यालय बाहिर रहेका दलित बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न पालिका स्तरीय समन्वय कार्यक्रम सम्पन्न

Date:

पर्सा पोस्ट, पौष १३ गते, बिरगंज ।
पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकामा विद्यालय बाहिर रहेका दलित बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले पालिका स्तरीय समन्वय तथा सहकार्य कार्यक्रम सम्पन्न भएको छ।

गाउँपालिका उपाध्यक्ष ममता महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम दलित महिला संघ पर्साको सहजीकरणमा शिक्षामा वकालत अभियान (CSE) अन्तर्गत आयोजना गरिएको हो। “जातीय तथा लैंगिक भेदभाव विरुद्ध संघर्ष गर्दै न्यायपूर्ण समतामूलक समाज निर्माण” भन्ने मूल नारासहित कार्यक्रम पटेर्वा सुगौली गाउँपालिकाको बैठक हलमा सम्पन्न भएको हो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। आयोजकका अनुसार कार्यक्रममा कुल ३६ जनाको उपस्थिति रहेको थियो।

दलित महिला संघ पर्साकी अध्यक्ष निला रामको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यालय बाहिर रहेका बालबालिकालाई औपचारिक शिक्षाको पहुँचमा ल्याउन स्थानीय तह, विद्यालय तथा समुदायबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेकोमा जोड दिइएको थियो।

कार्यक्रममा सहभागीहरूले शिक्षामा पहुँच अभिवृद्धिका लागि सामूहिक पहल, सचेतना अभिवृद्धि तथा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रमको समन्वय पटेर्वा सुगौली गाउँपालिका र सहकार्य कारखाना समूहले गरेको थियो भने कार्यक्रमको आयोजना दलित महिला संघले गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...