प्याब्सन टी -१० क्रिक्रेट : बारौदिन ६ खेल सम्पन्न , छात्रा र जुनियर छात्रतर्फ रोमाञ्चक प्रतिस्पर्धा

Date:

पर्सा पोस्ट, पुष १३ गते, वीरगञ्ज ।
निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत पुस १३ गते (बारौँ दिन) छ वटा प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्।

आदर्शनगरस्थित क्रिकेट मैदानमा सम्पन्न खेलहरूमा छात्रा तथा जुनियर छात्रतर्फका विभिन्न विद्यालय टोलीहरूले उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै दर्शकको मन जितेका छन्।

# बारौँ दिनको पहिलो खेल (जुनियर छात्र) गोल्डेन फ्युचर सेकेन्डरी स्कुल र लिटल फ्लावर सेकेन्डरी स्कुलबीच सम्पन्न भएको थियो। उक्त खेलमा लिटल फ्लावर सेकेन्डरी स्कुलले ७ विकेटको जित हात पार्‍यो। यस खेलका प्लेयर अफ द म्याच सुशांक गुप्ता घोषित भए।

# दोस्रो खेल (छात्रा) गौतम सेकेन्डरी स्कुल र साउथ जोन सेकेन्डरी स्कुलबीच भएको थियो। साउथ जोन सेकेन्डरी स्कुलले सशक्त प्रदर्शन गर्दै १० विकेटको फराकिलो जित दर्ता गर्‍यो। यस खेलकी प्लेयर अफ द म्याच शिवानी साह भइन्।
# तेस्रो खेल (जुनियर छात्र) एस.आर. ग्यालेक्सी एकेडेमी र गोल्डेन फ्युचरबीच सम्पन्न भयो। प्रतिस्पर्धात्मक खेलमा एस.आर. ग्यालेक्सी एकेडेमीले १५ रनको महत्वपूर्ण जित निकाल्न सफल भयो। उत्कृष्ट प्रदर्शनका लागि राजन साह प्लेयर अफ द म्याच घोषित भए।
# चौथो खेल (छात्रा) एस.आर. ग्यालेक्सी एकेडेमी र बेकन सेकेन्डरी स्कुलबीच खेलिएको थियो। यस खेलमा एस.आर. ग्यालेक्सी एकेडेमीले ८ विकेटको सहज जित हात पार्‍यो। दीक्षा गिरी प्लेयर अफ द म्याच बनिन्।
# बारौँ दिनको पाँचौँ खेल (जुनियर छात्र) सुर्योदय सेकेन्डरी स्कुल र ज्ञान वाटिका स्कुलबीच सम्पन्न भयो। उत्कृष्ट टोलीगत प्रदर्शन गर्दै सुर्योदय सेकेन्डरी स्कुलले ७ विकेटले जित दर्ता गर्‍यो। यस खेलका प्लेयर अफ द म्याच साहिद देवान घोषित भए।

# बारौ दिनको अन्तिम खेल (छात्रा) लिटल फ्लावर सेकेन्डरी स्कुल र एस.आर. ग्यालेक्सी एकेडेमीबीच भएको थियो।कडा प्रतिस्पर्धापछि लिटल फ्लावर सेकेन्डरी स्कुलले १२ रनको रोमाञ्चक जित हात पार्‍यो। यस खेलकी प्लेयर अफ द म्याच अर्चना ठाकुर भइन्।

आयोजक प्याब्सन वीरगञ्जका अनुसार प्रतियोगिताले विद्यालयस्तरका छात्रा तथा जुनियर छात्र खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट मञ्च प्रदान गरेको छ। दर्शकहरूको उल्लेख्य उपस्थिती र विद्यालयहरूको सक्रिय सहभागिताले प्रतियोगिता दिनप्रतिदिन थप रोचक बन्दै गएको आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

एक सातामै रोकिएको तलब निकासा, कर्मचारी हर्षित : कार्यवाहक मेयर आलमप्रति बधाईको ओइरो

पर्सा पोस्ट, साउन ०२ गते, वीरगञ्ज, पर्सा । वीरगञ्ज महानगरपालिकाका...

आध्यात्मिक चेतना र सकारात्मक सोचले जिवनलाई सार्थक बनाउँछ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ ३१ गते , रक्सौल, पूर्वी...