सिमा क्षेत्रमा कडाई : पर्साबाट भारततर्फ लैजादै गरिएको ९ केजि ३०० ग्राम गाजा बरामद

Date:

पर्सा पोस्ट, पुष १२ गते, बिरगंज ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले सीमावर्ती क्षेत्रबाट हुने चोरी–तस्करी तथा लागुऔषध ओसारपसार नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। सीमा क्षेत्रमा प्रभावकारी सुरक्षा परिचालन र कडा निगरानीमार्फत कुनै पनि किसिमका सीमा अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरी सक्रिय रूपमा लागिरहेको छ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीको नीति तथा निर्देशनअनुसार लागुऔषध ओसारपसार नियन्त्रणलाई अभियानकै रूपमा सञ्चालन गर्दै आएको सशस्त्र प्रहरी बल, पर्साले पछिल्लो समय विभिन्न स्थानबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरी सम्बन्धित निकायमा बुझाउँदै आएको छ। गत मंसिर महिनामा मात्र विभिन्न स्थानबाट ३२३ केजी प्रतिबन्धित गाँजा बरामद गरिएको थियो।

त्यसैगरी पौष ०९ गते विन्दबासिनी गाउँपालिका–५ प्रसौनीभाठा स्थित धुताहा खोलाबाट १२० केजी प्रतिबन्धित गाँजा र पौष १० गते वीरगंज महानगरपालिका–१६ इनर्वाबाट ७३८ फायल नाइट्राभेट बरामद गरी नेपाल प्रहरीलाई बुझाइएको थियो।

यसैक्रममा मिति २०८२ साल पौष १२ गते पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–५ मनिहर्वा चोकमा सुरक्षा बेस पोखरीयाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक शम्भु कटुवालको कमाण्डमा रहेको मोबाइल गस्ती टोलीले चेकप्वाइन्ट स्थापना गरी सवारी साधन चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा नेपालबाट भारततर्फ लैजाँदै गरिएको अवस्थामा दुई वटा मोटरसाइकलबाट लागुऔषध गाँजा बरामद गरिएको हो।

जिल्ला पर्सा पकाहामैनपुर गाउँपालिका–५ सबैठवा निवासी अन्दाजी ४३ वर्षका रबिन्द्र महतो सवार BR22U 1178 नम्बरको मोटरसाइकलको डिकीमा लुकाइछिपाइ राखिएको करिब ५ केजी गाँजा तथा भारत, जिल्ला बेतिया बेहरा झुम्का–१४ निवासी अन्दाजी ३७ वर्षका अशोक महतो सवार BR22A 5302 नम्बरको मोटरसाइकलको सिटमुनि लुकाइछिपाइ राखिएको करिब ४ केजी ३०० ग्राम गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको जम्मा ९ केजी ३०० ग्राम गाँजा, दुवै मोटरसाइकल, दुई थान मोबाइल फोन र भारतीय रुपैयाँ १,४५० सहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा बुझाइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...