बालेन्द्र शाह र रास्वपा बीच बृहत एकता , भाबी प्रधानमन्त्रीको उमेदवार बालेन

Date:

पर्सा पोस्ट , पुष १३ गते , काठमाडौँ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच बृहत् राजनीतिक एकता भएको छ। आज बिहान ४ः१५ बजे रास्वपाका सभापति रवि लामिछाने र बालेन शाहबीच एकता सम्बन्धी महत्वपूर्ण सहमति सम्पन्न भएको हो।

सम्झौताअनुसार नवयुवाहरूले भ्रष्ट्राचार र कुशासनविरुद्ध गर्दै आएको आन्दोलनको अपनत्व ग्रहण गर्दै घाइते तथा शहीद परिवारका जायज मागहरूलाई यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ।
त्यसैगरी, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्य पूरा गर्न गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासलाई अघि बढाउने सहमति भएको छ। अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने मार्गचित्रलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

बृहत् एकतापछि स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो रङ्गको घण्टी रहने तथा चुनाव चिन्ह पनि ‘घण्टी’ नै कायम रहने उल्लेख गरिएको छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहनेछ।

सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाह रहने सहमति भएको छ।

एकतापछि पार्टी संगठनलाई थप सशक्त र व्यापक बनाउने उद्देश्यले युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार बनाइने बताइएको छ।

आगामी आमनिर्वाचनपछि यस सम्झौताबमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी आवश्यक दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिने सहमति पनि भएको छ।

साथै, लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा गोलबद्ध हुन अन्य सुसंस्कृत तथा परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ अन्तर्गत आव्हान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...