रेडियो बिरगंजको २३ औं बार्षिकोत्सवमा बृहत रक्तदान कार्यक्रम , २०८ जनाले गरे रक्तदान

Date:

पर्सा पोस्ट, मंसिर २० गते, बिरगंज।
रेडियो वीरगंज ९९ मेगाहर्जको २३औँ वार्षिकोत्सवको अवसरमा भारतीय महावाणिज्य दूतावास, वीरगंजको सहकार्यमा आयोजित बृहत रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। मुर्ली बगैचास्थित रेडियो परिसरमा आयोजित कार्यक्रममा २७ महिलासहित कुल २०८ जनाले रक्तदान गरेका छन्।

कार्यक्रमको अध्यक्षता रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले गरेका थिए। प्रमुख अतिथिहरूका रूपमा भारतीय महावाणिज्य दूतावास, वीरगंजका दूत डी एस मिना, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, युवा नेता ओमप्रकाश सराफ, नेपाल रेडक्रस सोसाइटी रेशमकोठि उपशाखाका स-कोषाध्यक्ष अभिलाष गुप्ता, ग्रीनसिटीका अध्यक्ष जयप्रकाश खेतान लगायत विभिन्न संघ–संस्थाका पदाधिकारी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यसैगरी संघीय सरकारका पूर्व कानुन मन्त्री अजय चौरसिया, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेली, पूर्व मेयर नितेन्द्र साह, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पर्साका प्रहरी प्रमुख एसपी सुदिपराज पाठक, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता नेजामुदिन सम्मानी, नेपाली कांग्रेसका युवा नेता लुकेश सिंह, अनिल कुमार साह लगायतको पनि विशेष उपस्थिति रहेको थियो।

रक्तदान कार्यक्रम रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभ राज पाण्डेको नेतृत्वमा प्राविधिक टोलीले सफलतापूर्वक सञ्चालन गरेको हो।

कार्यक्रमका अध्यक्ष ध्रुव साहका अनुसार, “समाजसेवा नै रेडियो वीरगंजको मूल मूल्य र पहिचान हो। २३औँ वार्षिकोत्सवमा रक्तदानजस्तो मानवीय अभियान आयोजना गर्न पाउँदा आम्ही गौरवान्वित छौँ। २०८ जना दाताहरूको उत्साहले वीरगंजको मानवता र एकताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। भविष्यमा पनि रेडियो वीरगंजले समाजहितका कार्यक्रमलाई निरन्तरता दिनेछ,” भन्दै सबै दाताप्रति कृतज्ञता व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक चेतना र सकारात्मक सोचले जिवनलाई सार्थक बनाउँछ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ ३१ गते , रक्सौल, पूर्वी...