राष्ट्रिय स्वतन्त्र पार्टी पर्साद्वारा (RAT ) समिति गठन

Date:

पर्सा पोस्ट, मंसिर २० गते, बिरगंज ।
राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले जिल्ला स्तरीय RAT (Rapid Action Team) समिति गठन गरेको छ। शनिबार कन्ट्री इन होटलको सभाहलमा आयोजित कार्यक्रममा औपचारिक रूपमा समिति गठन गरिएको हो।

कृष्णानन्द ओझाको नेतृत्वमा बनेको २२ सदस्यीय उक्त समितिमा उपप्रमुखमा शिवराज पटेल, सचिवमा रोहन कुमार साह तेली, सह–सचिवमा सुनिल पटेल र विक्की कुमार ओझा चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा प्रीयान्सु कुमार साह, मुन्ना ठाकुर, श्रवण पटेल, योग कुमार राय, अर्जुन सर्राफ, सन्तोष पटेल, अरविन्द कुमार गुप्ता, अब्बास आलम, राहुल चौबे, सनोज कुमार गुप्ता, सुनिल राउत, कुन्दन पासवान, दिनेश हजरा, दिलीप पासवान र सुदन हजरा समावेश छन्।

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै रास्वपा पर्साका सभापति हरी पन्तले RAT पार्टीको महत्वपूर्ण अंग भएकाले अनुशासित र जिम्मेवार भएर आम जनताको सुख–दुखमा साथ दिन समिति सदस्यहरूलाई आग्रह गरे। आगामी निर्वाचनमा RAT ले रचनात्मक तथा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे।

कार्यक्रम सहजीकरण जिल्ला सह–सचिव कृष्ण पासवानले गरेका थिए। कार्यक्रममा क्षेत्रीय सभापति जितेन्द्र मिश्र, फैयाद मियाँ, राम आर्या, मनोज कुमार कुर्मी, पुर्ण सापकोटा सहितका नेता तथा कार्यकर्ताहरूले मन्तव्य राखेका थिए।

रास्वपाले दैवी प्रकोप, निर्वाचन लगायतका विशेष परिस्थितिमा RAT कमिटीलाई सक्रिय रूपमा परिचालन गर्ने नीति रहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...