आध्यात्मिक जागृतिबाट बिश्व शान्तिको सन्देश : बिरगंजमा ब्रह्माकुमारीद्वारा भब्य क्षेत्रीय सुभारम्भ समारोह सम्पन्न

Date:

पर्सा पोस्ट, जेष्ठ ३० गते, वीरगञ्ज ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा आयोजित “आध्यात्मिक जागृतिद्वारा विश्व नव निर्माण क्षेत्रीय शुभारम्भ समारोह” वीरगञ्जमा भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी, धार्मिक अगुवा, महिला प्रतिनिधि, युवाहरू तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

समारोहका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यक्रमलाई सम्बोधन गर्दै ब्रह्माकुमारी राजयोग केन्द्रले समाजमा आध्यात्मिक चेतना, नैतिक मूल्य र सकारात्मक सोचको विकासका लागि गर्दै आएका कार्यहरूको उच्च प्रशंसा गर्नुभयो। उहाँले राजयोग शिक्षाले व्यक्तिलाई आफ्नो कर्तव्यप्रति जिम्मेवार, अनुशासित तथा मानव सेवामा समर्पित बन्न प्रेरित गर्ने बताउनुभयो।

उपप्रमुख आलमले आध्यात्मिक शिक्षाले समाजमा शान्ति, सद्भाव, सहकार्य तथा आपसी भाईचाराको भावना मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै वर्तमान समयमा विश्व मानव समुदायलाई एकताको सूत्रमा बाँध्न यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
उहाँले वीरगञ्ज महानगरपालिकाको तर्फबाट ब्रह्माकुमारी राजयोग केन्द्रद्वारा सञ्चालन हुने सामाजिक, नैतिक तथा आध्यात्मिक गतिविधिहरूमा आवश्यक सहयोग उपलब्ध गराउन महानगरपालिका सदैव प्रतिबद्ध रहने समेत स्पष्ट पार्नुभयो।

कार्यक्रममा वक्ताहरूले आध्यात्मिक जागृतिमार्फत सकारात्मक समाज निर्माण, नैतिक संस्कारको प्रवर्द्धन तथा विश्व शान्तिको सन्देश फैलाउन ब्रह्माकुमारी संस्थाले पुर्‍याउँदै आएको योगदान उल्लेखनीय रहेको बताएका थिए। सहभागीहरूले यस्ता कार्यक्रमले मानव जीवनलाई सकारात्मक दिशातर्फ अग्रसर गराउनुका साथै समाजमा शान्ति र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

समारोहमा राजयोग ध्यान, आध्यात्मिक प्रवचन तथा विश्व शान्तिको कामनासहित विशेष सन्देशसमेत प्रवाह गरिएको थियो। कार्यक्रम सौहार्दपूर्ण तथा प्रेरणादायी वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...