जगरनाथपुर गाउँपालिकाको मदुवाहामा नि: सुल्क आँखा शिबिर , २७२ जनाले पाए सेवा

Date:

पर्सा पोस्ट, मंसिर २२ गते, बिरगंज ।
आइतबार जगरनाथपुर गाउँपालिका–५ मदुवाहा स्थित श्री बाल विकास प्राथमिक विद्यालयको प्राङ्गणमा दाइजो तथा सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको आयोजनामा तथा केडिया आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न गरिएको छ। युवा नेता सुनिल मुखियाको अध्यक्षतामा सम्पन्न शिविरमा स्थानीयवासीको उल्लेखनीय उपस्थिती रहेको थियो।

शिविरका प्रमुख अतिथि समाजसेवी बृजेश्वर प्रसाद चौधरी रहेका थिए भने स्वागत मन्तव्य बृजेश पटेलले प्रस्तुत गरेका थिए। त्यस्तै, केडिया आँखा अस्पतालका शिविर समन्वयक डा. सन्तोष ठाकुर नेतृत्वको यूनिट टोलीले सेवा प्रदान गरेको थियो। स्थानीय समाजसेवी योगेन्द्र पटेल, फुलमती देवी, अजय साह लगायत सर्वसाधारणको पनि राम्रो सहभागिता रहेको थियो।

शिविरमार्फत कुल २७२ जनाले आँखा स्वास्थ्य सेवा प्राप्त गरे भने जाँचका क्रममा ८१ जनामा मोतियाविन्दका लक्षण पाइएको अस्पतालले जनाएको छ। त्यस्तै ९६ जनालाई आवश्यकतानुसार निःशुल्क ड्रप वितरण गरिएको थियो।

मोतियाविन्द पुष्टि भएका बिरामीहरूको यसै हप्ता बुधबार र बिहीबार दुई चरणमा केडिया आँखा अस्पताल, परवानीपुरमा शल्यक्रिया गरिने जानकारी प्रमुख अतिथि चौधरीले दिए। बिरामीहरूको सहजताका लागि आवागमनका लागि बस व्यवस्था सहित सम्पूर्ण सेवा सुविधा मिलाइएको आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...