लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत हरि खेतान क्याम्पसमा जनचेतनामूलक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

Date:

पर्सा पोस्ट, मंसिर २१ गते, बिरगंज।
ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत एकदिने जनचेतनामूलक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि वडा प्रहरी कार्यालय विर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदी रहेका थिए। कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले गरेका थिए। त्यस्तै, हरी खेतान क्याम्पसका निमित्त प्रमुख रविन्द्र कुमार यादव, शिक्षिका रितिका जैशवालसहित अन्य शिक्षकहरू अतिथिको रूपमा उपस्थित थिए।

प्रशिक्षण सत्रका मुख्य प्रशिक्षक प्रहरी निरीक्षक विक्रम सुवेदीले लैङ्गिक हिंसा, महिला तथा बालिकाको सुरक्षा, कानुनी व्यवस्था तथा अपराध रोकथामका उपायबारे विस्तृत प्रशिक्षण प्रदान गरे। सहकार्यका रूपमा वडा प्रहरी कार्यालय विर्ता सक्रिय रहेको आयोजकले जनाएको छ।

त्यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालले ट्राफिक सुरक्षा तथा विद्यार्थीहरूले अनिवार्य पालना गर्नुपर्ने नियमहरूबारे जनचेतनामूलक प्रशिक्षण दिए। जिल्ला प्रहरी कार्यालयका अर्बिन्द केशरीले बालविवाहका कानुनी असर र सामाजिक प्रभावबारे महत्वपूर्ण जानकारी राखे।

कार्यक्रममा सञ्चारकर्मी अभिलाष गुप्ता, प्रहरी हवल्दार कुमार बिक, प्रहरी जवान सतिराम परियार लगायतको उपस्थिति रहेको थियो। विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा हरी खेतान बहुमुखी क्याम्पसका कक्षा ११ र १२ का करिब एक सयभन्दा बढी विद्यार्थीहरूले सक्रिय सहभागिता जनाउँदै प्रशिक्षण लिएका थिए।

कार्यक्रम सञ्चालक सञ्चारकर्मी सुश्मिता यादवले प्रशिक्षण सत्रलाई सम्हालेकी थ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...