अफ्ताब आलमको चम्किलो प्रदर्शन : कोरियन एम्बेसेडर इन्टरनेशनल तेक्वान्डो च्याम्पियनशिपमा स्वर्ण

Date:

पर्सा पोस्ट, मंसिर १६ गते, काठमाडौं ।
काठमाडौंस्थित नेपाल तेक्वान्डो एशोसिएसन हलमा सम्पन्न १३औँ कोरियन एम्बेसेडर इन्टरनेशनल तेक्वान्डो च्याम्पियनशिप–२०२५ मा पर्सा–बिरगंजका प्रतिभावान खेलाडी अफ्ताब आलमले उल्लेखनीय सफलता हात पारेका छन्।

५४ के.जी. तौल समूह अन्तर्गत प्रतिस्पर्धा गरेका नेपाल आर्मी तथा नेसनल टिमका खेलाडी आलमले प्रतियोगिता दौरान लगातार ४ खेलमा शानदार जित दर्ता गर्दै स्वर्ण पदक (पहिलो स्थान) हासिल गर्न सफल भएका हुन्। उनले एकपछि अर्को प्रतिस्पर्धीलाई पराजित गर्दै उत्कृष्ट कौशल, गति तथा रणनीतिका साथ आफ्नो दबदबा कायम राखे।

उनका कोच तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका सफल खेलाडी मोहम्मद वेशले अफ्ताबको यो उपलब्धि राष्ट्रिय गौरवको विषय भएको बताए। उनका अनुसार अफ्ताबको मेहनत, अनुशासन र निरन्तर अभ्यासनै सफलताको मूल आधार हो।
विविध देशका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा हासिल गरिएको यो जितले अफ्ताब आलमको अन्तर्राष्ट्रिय क्षमताको स्पष्ट परिचय दिएको छ। उनी नेपालको तर्फबाट तेक्वान्डो क्षेत्रमा उदाउँदै आएका उत्कृष्ट खेलाडीहरूमध्ये एकका रूपमा अझ स्थापित भएका छन्।

यस उल्लेखनीय सफलतासँगै बिरगंज तेक्वान्डो दोजाङ, सम्पूर्ण खेलकुद परिवार तथा स्थानीयबासीले अफ्ताब आलमलाई हार्दिक बधाई तथा आगामी दिनहरूमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...