अफ्ताब आलमको चम्किलो प्रदर्शन : कोरियन एम्बेसेडर इन्टरनेशनल तेक्वान्डो च्याम्पियनशिपमा स्वर्ण

Date:

पर्सा पोस्ट, मंसिर १६ गते, काठमाडौं ।
काठमाडौंस्थित नेपाल तेक्वान्डो एशोसिएसन हलमा सम्पन्न १३औँ कोरियन एम्बेसेडर इन्टरनेशनल तेक्वान्डो च्याम्पियनशिप–२०२५ मा पर्सा–बिरगंजका प्रतिभावान खेलाडी अफ्ताब आलमले उल्लेखनीय सफलता हात पारेका छन्।

५४ के.जी. तौल समूह अन्तर्गत प्रतिस्पर्धा गरेका नेपाल आर्मी तथा नेसनल टिमका खेलाडी आलमले प्रतियोगिता दौरान लगातार ४ खेलमा शानदार जित दर्ता गर्दै स्वर्ण पदक (पहिलो स्थान) हासिल गर्न सफल भएका हुन्। उनले एकपछि अर्को प्रतिस्पर्धीलाई पराजित गर्दै उत्कृष्ट कौशल, गति तथा रणनीतिका साथ आफ्नो दबदबा कायम राखे।

उनका कोच तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका सफल खेलाडी मोहम्मद वेशले अफ्ताबको यो उपलब्धि राष्ट्रिय गौरवको विषय भएको बताए। उनका अनुसार अफ्ताबको मेहनत, अनुशासन र निरन्तर अभ्यासनै सफलताको मूल आधार हो।
विविध देशका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा हासिल गरिएको यो जितले अफ्ताब आलमको अन्तर्राष्ट्रिय क्षमताको स्पष्ट परिचय दिएको छ। उनी नेपालको तर्फबाट तेक्वान्डो क्षेत्रमा उदाउँदै आएका उत्कृष्ट खेलाडीहरूमध्ये एकका रूपमा अझ स्थापित भएका छन्।

यस उल्लेखनीय सफलतासँगै बिरगंज तेक्वान्डो दोजाङ, सम्पूर्ण खेलकुद परिवार तथा स्थानीयबासीले अफ्ताब आलमलाई हार्दिक बधाई तथा आगामी दिनहरूमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

एक सातामै रोकिएको तलब निकासा, कर्मचारी हर्षित : कार्यवाहक मेयर आलमप्रति बधाईको ओइरो

पर्सा पोस्ट, साउन ०२ गते, वीरगञ्ज, पर्सा । वीरगञ्ज महानगरपालिकाका...

आध्यात्मिक चेतना र सकारात्मक सोचले जिवनलाई सार्थक बनाउँछ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ ३१ गते , रक्सौल, पूर्वी...