भिएस पावर प्ले टि-२० चैलेन्ज : बाल एकता र ग्रिन ल्यान्ड स्कुल फाईनल भिडने

Date:

पर्सा पोस्ट , मंसिर १६ गते , बिरगंज ।
भिएस पावरप्ले टि २० चैलेन्ज अन्तर्गत सञ्चालन भइरहेका Birgunj Schools Cup 2082 को पाँचौँ दिन मंगलबार सेमिफाइनलका दुवै खेल सम्पन्न भए। रोमाञ्चक प्रदर्शन सहित बाल एकता सेकेन्डरी इंग्लिश बोर्डिङ स्कूल र ग्रीन ल्यान्ड सेकेन्डरी स्कूल फाइनलमा प्रवेश गर्न सफल भएका छन्।

टस जितेर पहिले ब्याटिङ गरेको बाल एकता सेकेन्डरी इंग्लिश बोर्डिङ स्कूलले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२४ रनको स्कोर बनायो।जवाफमा मैदान उत्रिएको विद्या सदन सेकेन्डरी स्कूल १४.३ ओभरमै ४९ रनमा समेटियो।यससँगै बाल एकताले ७५ रनको फराकिलो अन्तरले जीत दर्ता गर्दै उपाधि प्रतिस्पर्धाको यात्रा तय गर्यो।म्यान अफ द म्याच: मनिभुषण यादव ३१ रन लिएका थिए।

दोस्रो सेमिफाइनलमा साउथ जोन सेकेन्डरी स्कूलले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेटको क्षतिमा १०९ रन बनायो।
तर लक्ष्य पछ्याउन उत्रिएको ग्रीन ल्यान्ड सेकेन्डरी स्कूलले १९ ओभरमै ७ विकेटको क्षतिमा ११० रन बनाउँदै ३ विकेटको जित हात पार्यो।म्यान अफ द म्याच: सोहेब शेख ३१ रन, ३ विकेट लिएका थिए।

प्रतियोगिता उत्कर्षमा पुगेसँगै अब उपाधिका लागि बाल एकता सेकेन्डरी इंग्लिश बोर्डिङ स्कूल र ग्रीन ल्यान्ड सेकेन्डरी स्कूल भिड्नेछन्।फाइनल खेल: भोलि ६औँ दिन समय: बिहान १० बजे स्थान: नारायणी क्रिकेट ग्राउन्ड बिरगंजमा हुने छ।

यो प्रतियोगिता विद्या सदन सेकेन्डरी स्कूलद्वारा आयोजित गरिएको हो, जसको उद्देश्य बिरगंजलाई विद्यालय क्रिकेटको प्रमुख केन्द्रका रूपमा स्थापित गर्नु हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...