लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आईडिएल बोडिङ्ग स्कुलमा लागू औंषध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

Date:

पर्सा पोस्ट, मंसिर १६ गते, बिरगंज । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा तथा आइडिएल बोर्डिङ स्कूलको सहकार्यमा लागुऔषध दुरुपयोग रोकथाम तथा जनचेतनामूलक कार्यक्रम आइडिएल बोर्डिङ स्कूलमा सम्पन्न गरिएको छ।

कार्यक्रममा शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक, स्थानीयवासी तथा सामुदायिक प्रहरी प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूलाई लागुऔषधको असर, जोखिम, कानुनी परिणाम, सामाजिक प्रभाव तथा किशोर–किशोरीलाई यसबाट जोगाउन घर–परिवार र समुदायको भूमिकाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराईको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विशेष उपस्थितिमा वडा अध्यक्ष रियाज मिया तेलि, वडा सदस्य बसिर मिया, स्कूल निर्देशक शौकत अली, प्रिन्सिपल विकास राईलगायतको उपस्थिति उल्लेखनीय रहेको थियो।

उक्त वक्ताहरूले विद्यालयमै सुरु हुने सचेतनाले बालबालिकालाई गलत बाटोमा लाग्नबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै निरन्तर जनचेतनामूलक गतिविधि आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा विद्यार्थी तथा अभिभावकलाई लागुऔषध विरुद्ध सजग रहन, शंकास्पद गतिविधि देखिएमा तुरुन्तै सुरक्षा निकायलाई जानकारी गराउन तथा स्वस्थ र सुरक्षित समाज निर्माणमा हातेमालो गर्न आग्रह गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...