मधेस प्रदेश स्तरीय हाजिर – जवाफ प्रतियोगिता २०८२ सम्पन्न , सप्तरी पहिलो , महोत्तरी दोस्रो र धनुषा तेस्रो

Date:

पर्सा पोस्ट, कार्तिक २९ गते, बिरगंज ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) मधेस प्रदेश समितिद्वारा आयोजित प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ (चौथो संस्करण) वीरगञ्जको घन्टाघरस्थित क्लासिक बैंक्वेटमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष तथा मधेस प्रदेश अध्यक्ष डा. नन्दन यादवको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि पूर्व सांसद तथा राष्ट्रिय स्वाधीनता पार्टीका प्रवक्ता मनिष झाले शैक्षिक प्रतियोगिताले विद्यार्थीको ज्ञान, नेतृत्व र आत्मविश्वास वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

“आजको प्रतिस्पर्धा केवल अंक–स्थानको लागि मात्र होइन, ज्ञानको प्रकाश फैलाउने यात्राको महत्वपूर्ण चरण हो,” उनले भने। विद्यार्थीहरूमा देखिएको जाँगर, क्षमता र प्रतिस्पर्धात्मक आत्मविश्वासले गर्व महसुस भएको उनको भनाइ थियो।

विशिष्ट अतिथिमा नेशनल प्याब्सनका पूर्व राष्ट्रिय अध्यक्ष पाण्डव हमाल, केन्द्रिय वरिष्ठ उपाध्यक्ष बजेन्द्र मिश्र, केन्द्रिय सदस्यहरू छेदुप लामा, राम बाबु सिंह, मोतिबुल राईन, राजु कार्की, प्रदेश उपाध्यक्षहरू लालजी ठाकुर र पप्पु गुप्ता सहभागी थिए। त्यस्तै, प्रदेश सचिव जितेन्द्र प्रसाद गुप्ता, कोषाध्यक्ष राम यस झा, सह–सचिव के एस फिगिसन, प्रदेश सदस्यहरू कौशलेन्द्र कुमार, विजय यादव, पर्सा जिल्ला समितिका अध्यक्ष रामकुमार श्रेष्ठ, महानगर समितिका नगर अध्यक्ष सोनालाल पटेल, लालबहादुर गुरुङलगायत पदाधिकारी तथा अभिभावकहरूको विशेष उपस्थिति रहेको थियो।

मधेस प्रदेशका ८ जिल्लाबाट—पर्सा, बारा, रौतहट, सप्तरी, सर्लाही, धनुषा, महोत्तरी र सिरहाबाट छानिएका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा सप्तरी जिल्लाले पहिलो स्थान, महोत्तरीले दोस्रो र धनुषाले तेस्रो स्थान हासिल गरेका छन्।
विजयी टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।

वक्ताहरूले हाजिर–जवाफजस्ता शैक्षिक क्रियाकलापहरूले विद्यार्थीमा विश्लेषण क्षमता, तर्कशक्ति, प्रस्तुतीकरण सीप र समग्र ज्ञानवृद्धिमा योगदान पुर्याउने उल्लेख गर्दै कार्यक्रमको उच्च प्रशंसा गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...