कर्मचारी प्रिमियर लिग( KPL)-२०८२: नारायणी अस्पताल र ठोरी गाउँपालिका बीच रोमान्चक खेल सम्पन्न

Date:

पर्सा पोस्ट, कार्तिक २९ गते, बिरगंज। कर्मचारी प्रिमियर लिग (KPL) २०८२ अन्तर्गत आज भएको खेल नारायणी अस्पताल र ठोरी गाउँपालिका बीच रोमाञ्चक प्रतिस्पर्धासहित सम्पन्न भएको छ। सुरुदेखि अन्त्यसम्म दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेपछि मैदानमा उपस्थित दर्शकहरूको उत्साह थप उच्च रहेको देखिन्थ्यो।

आजको खेलको प्रमुख अतिथि युवा नेता सुधिर पटेल रहे। आयोजन समितिको विशेष निमन्त्रणामा कार्यक्रममा सहभागिता जनाउँदै उनले खेलकुदले कर्मचारीहरूबीच सद्भाव, अनुशासन र सहकार्य भावना बलियो बनाउने उल्लेख गरे। प्रतियोगिता सफलतापूर्वक अघि बढिरहेकोमा उनले खुसी व्यक्त गरे।

प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विजयी बनेको टिमलाई प्रमुख अतिथि पटेलले बधाई प्रदान गरे। साथै उपविजेता टोलीलाई निरन्तर मेहनत र खेल spirit नै सफलताको आधार भएको भन्दै आगामी खेलहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रेरणा दिए।

लिगलाई सफल, व्यवस्थित र आकर्षक बनाउन योगदान पुर्‍याएकोमा उनले आयोजन समितिप्रति विशेष धन्यवाद पनि व्यक्त गरे। खेलकुदमार्फत कर्मचारी स्तरमा मित्रता, स्वस्थ प्रतिस्पर्धा र तनाव न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने उनको धारणा थियो।

स्थानीय, कर्मचारी र खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको आजको खेलमा दुवै टिमले देखाएको रणनीति, अनुशासन र खेलकौशलले प्रतियोगिताको स्तर झनै उच्च बनाएको आयोजक समितिको प्रतिक्रिया रहेको छ। आगामी खेलहरूलाई अझ रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउन तयारी भइरहेको आयोजकले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...