कर्मचारी प्रिमियर लिग( KPL)-२०८२: नारायणी अस्पताल र ठोरी गाउँपालिका बीच रोमान्चक खेल सम्पन्न

Date:

पर्सा पोस्ट, कार्तिक २९ गते, बिरगंज। कर्मचारी प्रिमियर लिग (KPL) २०८२ अन्तर्गत आज भएको खेल नारायणी अस्पताल र ठोरी गाउँपालिका बीच रोमाञ्चक प्रतिस्पर्धासहित सम्पन्न भएको छ। सुरुदेखि अन्त्यसम्म दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेपछि मैदानमा उपस्थित दर्शकहरूको उत्साह थप उच्च रहेको देखिन्थ्यो।

आजको खेलको प्रमुख अतिथि युवा नेता सुधिर पटेल रहे। आयोजन समितिको विशेष निमन्त्रणामा कार्यक्रममा सहभागिता जनाउँदै उनले खेलकुदले कर्मचारीहरूबीच सद्भाव, अनुशासन र सहकार्य भावना बलियो बनाउने उल्लेख गरे। प्रतियोगिता सफलतापूर्वक अघि बढिरहेकोमा उनले खुसी व्यक्त गरे।

प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विजयी बनेको टिमलाई प्रमुख अतिथि पटेलले बधाई प्रदान गरे। साथै उपविजेता टोलीलाई निरन्तर मेहनत र खेल spirit नै सफलताको आधार भएको भन्दै आगामी खेलहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रेरणा दिए।

लिगलाई सफल, व्यवस्थित र आकर्षक बनाउन योगदान पुर्‍याएकोमा उनले आयोजन समितिप्रति विशेष धन्यवाद पनि व्यक्त गरे। खेलकुदमार्फत कर्मचारी स्तरमा मित्रता, स्वस्थ प्रतिस्पर्धा र तनाव न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने उनको धारणा थियो।

स्थानीय, कर्मचारी र खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको आजको खेलमा दुवै टिमले देखाएको रणनीति, अनुशासन र खेलकौशलले प्रतियोगिताको स्तर झनै उच्च बनाएको आयोजक समितिको प्रतिक्रिया रहेको छ। आगामी खेलहरूलाई अझ रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउन तयारी भइरहेको आयोजकले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...