पर्सा पोस्ट, पर्सागढी , पर्सा । थारु कल्याणकारी समिति (था.क.स.) पर्साको बैठक आज शनिबार पर्सागढि नगरपालिका–२ बागबानामा सम्पन्न भएको छ।
बैठक अध्यक्ष भागवत प्रसाद थारुको अध्यक्षतामा बसेर विभिन्न प्रस्तावहरूमा छलफल गर्दै सफलतापूर्वक सम्पन्न गरिएको हो।
कार्यक्रमको सहजीकरण समितिका सचिव मनोज चौधरीले गर्नुभएको थियो। बैठकमा केन्द्रिय सदस्य महेन्द्र चौधरी, केन्द्रिय पार्सद नन्दकिशोर पन्जियार, बेदमन दास, पूर्व केन्द्रिय सदस्य बृजमोहन चौधरी, पर्सागढि न.पा. संयोजक घनश्याम दास, सदस्य जङ्गबहादुर दास, अधिवक्ता अमय दास थारू तथा थारु पत्रकार नेपालका अध्यक्ष शम्भु महतो थारु लगायतको सक्रिय उपस्थिती रहेको थियो।
बैठकले यही मंसिर २० गते थारु कल्याणकारी समितिको साधारणसभा सखुवा प्रसौनी गाउँपालिका–२ स्थित श्री दिपनारायण आदर्श माध्यमिक विद्यालय, औराहा पञ्चगावामा बिहान ११ बजेदेखि आयोजना गर्ने निर्णय गरेको छ।
साधारणसभालाई भव्य एवं सफल बनाउन सम्पूर्ण थारु समुदायलाई उपस्थिति जनाउन अनुरोध गरिएको थारु पत्रकार नेपालका अध्यक्ष शम्भु महतो थारुले जानकारी दिनुभयो।