” मिथिलाको विवाह परम्परा ” पुस्तकको विरगन्जमा भब्य विमोचन

Date:

पर्सा पोस्ट, कार्तिक ०८ गते, वीरगंज । वीरगंजस्थित होटल कुमु प्यालेसमा श्रीमती चंचला राजद्वारा लेखिएको ‘मिथिलाको विवाह परम्परा’ नामक पुस्तकको भव्य विमोचन समारोह सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अधिवक्ता तथा पूर्वमन्त्री लक्ष्मण लाल कर्णले पुस्तकको विमोचन गर्दै मिथिला संस्कृति, रीतिरिवाज र परम्परागत मूल्यहरूको संरक्षणमा यस पुस्तकले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा वरिष्ठ उद्योगपति गणेश लाठ, मधेश विश्व विद्यालयका उपकुलपति एवं समाजसेवी दीपक शाक्य, समाजसेवी महेश दास, उषा साह, मधु राणा र शिक्षिका अनिता साहलगायतका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

वक्ताहरूले लेखिका चंचला राजको प्रयासको प्रशंसा गर्दै पुस्तकले मिथिला समाजको सांस्कृतिक दस्तावेजीकरणमा नयाँ दिशा दिने बताएका थिए। उनीहरूले यो पुस्तकले नयाँ पुस्तामा संस्कार र परम्पराबारे ज्ञान र गर्व जगाउने अपेक्षा पनि व्यक्त गरे।

समारोहमा डा. अशोक दास, ध्रुव सिंह ठकुरी, विभिन्न सामाजिक अभियन्ता, बुद्धिजीवी, साहित्यकार तथा सञ्चारकर्मीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन पंकज दासले गरेका थिए।

लेखिका चंचला राजले आफ्नो मन्तव्यमा पुस्तक लेखनको प्रेरणा र उद्देश्यबारे जानकारी दिँदै भनिन् — “मिथिलाको परम्परागत विवाह संस्कारलाई नजिकबाट अध्ययन गरी नयाँ पुस्ताका लागि सजीव दस्तावेजको रूपमा प्रस्तुत गर्न चाहें।”

समारोहको अन्त्यमा उपस्थित अतिथिहरूले लेखिकालाई शुभकामना र आगामी सफलताको कामना व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...