बिरगंज समाज सेवाद्वारा लगातार १९ औं महिनाको २ सऔं साप्ताहिक नि:सुल्क भोजन कार्यक्रम सम्पन्न

Date:

पर्सा पोस्ट, कार्तिक ०८ गते, वीरगन्ज । वीरगन्ज समाज सेवाद्वारा वीरगन्जस्थित नारायणी अस्पतालमा लगातार १९औं महिनाको दोस्रो साप्ताहिक निःशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रूपमा सम्पन्न गरिएको छ।

लगातार डेढ वर्षदेखि प्रत्येक शनिबार बिहान ९:३० बजेदेखि अस्पताल परिसरमा सञ्चालन हुँदै आएको यस निःशुल्क भोजन सेवा कार्यक्रमले अस्पतालमा उपचाररत विपन्न बिरामीहरू, कुरुवाहरू, असहाय व्यक्तिहरू, साथै रिक्सा–ईरिक्सा चालकहरू र यात्रु बटुवाहरूलाई घरमा बनाएको जस्तो सफा, सुघ्घर, शुद्ध र गुणस्तरीय पोषिलो भोजन खुवाउँदै आएको छ।

कार्यक्रमका क्रममा वीरगन्ज समाज सेवाका अध्यक्ष अशोक गुप्ताले “सेवा नै धर्म हो” भन्ने मुलमन्त्रलाई आत्मसात् गर्दै प्रत्येक हप्ताजसो करिब ४५० देखि ५०० जना लाभान्वित हुँदै आएको बताए। उनले दिन–दुःखी र असहायको पेट भरेपछि उनीहरूको अनुहारमा आउने हाँसोले आफूहरूलाई सन्तुष्टि र गौरवको अनुभूति हुने बताए।

त्यस्तै, उपाध्यक्ष तथा युवा समाजसेवी मनोज रौनियारले असहाय र दुःखीको सेवा गर्नु नै ठूलो धर्म र कर्म भएको उल्लेख गर्दै यो अभियानमा जो कोही पनि सहभागी हुन सक्ने बताए। उनले मानवताको बलियो सम्बन्ध कायम गर्न सबैलाई सहयोगका हात अगाडि बढाउन आग्रह गरे।

आजको भोजनमा सेवकहरूले वृद्ध, महिला र बालबालिकालाई बोलाइ–बोलाइ भात, लौका हालिएको दाल, आलु–परवलको तरकारी र हरियो खुर्सानीको अचार परोसी सेवा प्रदान गरेका थिए।

कार्यक्रममा समाजका पदाधिकारीहरू उपाध्यक्ष मनोज प्रसाद रौनियार, सदस्यहरू मदन प्रसाद गुप्ता, लालबाबु सिंह, निसान्त लाठ, हरेन्द्र महतो, कल्पना किङरिङ, साचे मगर, राज सरार्फ, अनिश सरार्फ लगायतले सक्रिय सहभागिता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...