घडीअर्वा पोखरी छठघाटको तयारी पुरा, करिब २३ लाख रुपैया खर्च हुने अनुमान

Date:

पर्सा पोस्ट, कार्तिक ०९ गते, बिरगंज । छठपूजामा सजावटका लागि नेपालमै प्रसिद्ध वीरगंज–१० स्थित घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पूरा भएको छ। छठपूजा व्यवस्थापन समितिले आइतबार साँझ पत्रकार सम्मेलन गरी तयारी, व्यवस्थापन तथा अनुमानित खर्चबारे जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा समितिका कोषाध्यक्ष कन्हैयालाल गुप्ताले छठघाटको सजावट र व्यवस्थापन कार्य पूरा भएको जानकारी दिँदै यस वर्षको पूजामा करिब २३ लाख ८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए। उनका अनुसार टेन्ट–पण्डाल र सजावटमा ९ लाख, परिसर बाहिरको बत्ती सजावटमा ३ लाख, भिडियोग्राफीमा ३० हजार, पुरस्कारमा ५ लाख ५० हजार र सरसफाइमा १ लाख ५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै सुरक्षा उपसमितिका संयोजक मुन्ना साहले ब्रतालु, दर्शनार्थी र भक्तजनको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी १ सय १० सुरक्षाकर्मी तथा घडीअर्वा स्पोर्ट्स क्लबका ६० जना स्वयंसेवक परिचालन गरिने जानकारी दिए। साथै, छठघाट परिसरमा २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको र सादा पोशाकमा समेत प्रहरी खटाइने बताए।

गत वर्ष छठघाटको सजावट र व्यवस्थापनमा १९ लाख १४ हजार ८१२ रुपैयाँ खर्च भएको र आम्दानी कटाएर २ लाख ९३ हजार २७२ रुपैयाँ बचत भएको समेत कोषाध्यक्ष गुप्ताले स्मरण गरे।
समितिका अध्यक्ष राकेश साहको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पूर्व अध्यक्षहरू प्रमानन्द साह, वाल्मीकि साह, हिरा साह, प्रेम साह कानु, मदन प्रसाद कलवार, दिलिप साह कानु, वीरगन्ज–१० का वडाअध्यक्ष सुशील साह कानु, पूर्व सचिव सन्तोष गुप्ता, उपाध्यक्ष आत्माराम साह कानु, घडीअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष कानु, सल्लाहकार गौरीशंकर गुप्ता तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण प्रचार–प्रसार उपसमितिका संयोजक प्रणय साहले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...