बिरगंजको गहवा माई मन्दिर परिसरमा बृहत सरसफाइ अभियान सम्पन्न

Date:

पर्सा पोस्ट, कार्तिक ४ गते, वीरगंज । वीरगञ्ज महानगरपालिका–स्थित ऐतिहासिक तथा धार्मिक स्थल गहवा माई मन्दिर परिसरमा आज बृहत सरसफाइ अभियान सम्पन्न गरिएको छ।

सो अभियान वडा प्रहरी कार्यालय विर्ता र हेल्प टुगेदर फाउण्डेशनको संयुक्त पहलमा सम्पन्न भएको हो। अभियानमा स्थानीय बासिन्दा, समाजसेवी, युवा तथा प्रहरीको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको नेतृत्व वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदीले गरेका थिए। भर्खरै सरुवा भई आएका निरीक्षक सुवेदीको सक्रियता, जनमुखी व्यवहार र समुदायसँगको नजिक सम्बन्धले स्थानीयबीच सकारात्मक सन्देश पुगेको सहभागीहरूले बताएका छन्।

अभियानको अध्यक्षता हेल्प टुगेदर फाउण्डेशनका अध्यक्ष रिशु कुमार बर्माले गरेका थिए भने प्रमुख सहसंयोजक तथा सल्लाहकार अमर सर्राफ रहेका थिए। फाउण्डेशनका सदस्यहरू अर्जुन गुप्ता, अभिनय कुमार, राजा गुप्ता लगायतका स्वयंसेवकहरूले मन्दिर परिसरमा रहेको फोहरमैला हटाई सम्पूर्ण क्षेत्रलाई सफा र आकर्षक बनाएका थिए।

सहभागीहरूले सरसफाइसँगै धार्मिक स्थलको संरक्षण र सामुदायिक उत्तरदायित्वबोधका सन्देश पनि प्रवाह गरेका थिए। उनका अनुसार यस्ता अभियानले “सफा सहर, स्वस्थ जीवन” अभियानलाई बल मिल्ने र स्थानीय जनतामा सरसफाइको महत्त्वबारे सचेतना फैलाउने विश्वास गरिएको छ।

हेल्प टुगेदर फाउण्डेशनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सार्वजनिक हितका अभियानलाई निरन्तरता दिने जनाएको छ भने वडा प्रहरी कार्यालय विर्ताले समुदायसँग सहकार्यमा अपराध नियन्त्रण र सामाजिक सुधारका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...