मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको दसौं वार्षिकोत्सव सम्पन्न , सस्थालाई सहयोग पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान

Date:

पर्सा पोस्ट, भदौ १२ गते, बिरगंज । मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको  दशौं वार्षिकोत्सव समारोह कार्यक्रम सम्पन्न भएको छ। मध्य नेपाल मिडिया प्रालि बिरगंजको आयोजनामा बिहीबार बिरगंजको क्लासिक बेक्टहलमा विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न भएको थियो ।

मध्य नेपाल मिडिया प्रालिकि सन्चालि तथा मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाकि सम्पादक कबिता खड्काको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि  नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्मा रहनु भएको थियो । महिला पत्रकार नेतृत्वद्वारा सञ्चालित यस संस्थाको वार्षिकोत्सवमा विभिन्न क्षेत्रका सम्मानित व्यक्तिहरूको उपस्थिति रहेको थियो।

उक्त अवसरमा सञ्चार क्षेत्रको योगदान, महिला पत्रकारिताको भूमिका तथा संस्थाको भविष्यका योजनाबारे चर्चा गरिएको थियो। आयोजकहरूले स्थापना देखिनै सत्य, निष्पक्ष र जनमुखी पत्रकारितामा निरन्तर क्रियाशील रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले समाजलाई सूचना र जागरणमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समिती संयोजक केसी लामिछाने, सचिव अशोक तिवारी, महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, प्रेस चौतारी नेपाल मधेश प्रदेश अध्यक्ष लालबाबु शेख, नेपाल पत्रकार महासंघ पर्सा अध्यक्ष ओमप्रकाश खनाल, वीरगञ्ज उद्योग वाणिज्य संघ अध्यक्ष हरि गौतम, बार एसोसिएसन पर्सा अध्यक्ष रामनारायण कुर्मी, नेजामुदिन समानी , जगदीश शर्मा लगायतको उपस्थिति थियो।

वार्षिकोत्सवकै अवसरमा मिडियालाई सहयोग पुर्याए बापत विभिन्न व्यक्तित्वहरूलाई सम्मानित पनि गरिएको आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...